Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

समाचार


चार करोडको लागतमा लोमान्थाङ खोलामा पुल निर्माण

म्याग्दी। कालीगण्डकी ‘करिडोर’ बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ खोलामा पक्की पुल निर्माण भएको छ । त्यसैगरी, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटर चल्ने पुल निर्माण भएको हो । उक्त पुल निर्माण भएपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको छ भने सो पुल रु चार करोड ६८ लाख

बालकुमारी घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न नेकपा एसको माग

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले सरकारसँग बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरेको छ । उक्त पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बिहीबार भएको बैठकमा प्रतिवेदनको थप अध्ययनपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई वा पार्टीलाई नै सरकारबाट फिर्ता बोलाउने विषयमा पार्टीले निर्णय लिने

सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं। सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नुवाकोट शिवपुरी गाउँपालिका–४ का २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको हो । उक्त अभियुक्तले ती महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडियो निजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेका

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको सो भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । अध्यक्ष तिमिल्सिनाको कार्यकाल यही फागुन २० गते सकिँदै छ ।

देश लुट्नेलाई कुनै पनि हालतमा नछाड्ने गृहमन्त्री श्रेष्ठको दाबी

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा माओवादी नेतृत्वको वर्तमान सरकारले सानो समयमा पनि देश र जनताका लागि उदाहरणीय कामहरू गर्दै अगाडि बढेको बताएका छन् । नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिले शुक्रवार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । त्यसैगरी, उनले

श्रीलंकामा नेपाली अलैंची चर्चा, अर्थतन्त्रमा योगदानबारे बहस

काठमाडौं। श्रीलंकाको कोलम्बोमा सम्पन्न एसिया प्रशान्त क्षेत्रका मुलुकहरू सहभागी रहेको एफएओ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा नेपालमा उत्पादित अलैंचीले अर्थतन्त्रमा पुर्‍याएको योगदानको विषयले स्थान पाएको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने मन्त्रीस्तरीय सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका ४४ भन्दा बढी कृषिमन्त्री तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । विशेषगरी नेपालको तर्फबाट खाद्य

ढोरपाटनमा भारी हिमपात, जनजीवन प्रभावित

ढोरपाटन,बागलुङ। बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधवारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ भने हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन् । हिमपातका कारण घोडा, खच्चड तथा बस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय

हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित

सल्लेरी,सोलुखुम्बु। हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । बिहीबारको हिमपात तथा वर्षादले यहाँका किसान उत्साहित भएका हुन् । लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन् । त्यस्तै, हिउँदे वर्षा नहुँदा जमिन सुक्खा थियो

अमेरिकाले पाँच दशकपछि चन्द्रमामा अवतरण गरायो ‘ओडिसिएस’

काठमाडौं। अमेरिकी निजी कम्पनी इन्ट्युटिभ मेसिनको ल्यान्डर ओडिसिएसले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ । ओडिसिएस चन्द्रमामा अवतरण गर्ने निजी कम्पनीको पहिलो अन्तरिक्ष यान बनेको छ । त्यस्तै, अमेरिका चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने दोस्रो देश बनेको छ भने अवतरण गर्नुअघि ओडिसिएसको नेभिगेसन प्रणालीमा खराबी आउँदा पनि अवतरण गरिएको थियो

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं। चितवनमा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार बिहानै एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका-१० का ३४ वर्षीय दिलिप चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चौधरी ना ४५ प ७७९८ नम्बरको मोटरसाइकलमा सुर्तनाबाट खैरहनी-१० कै कठार जाँदै थिए, तर बाटोमा उनी चढेको मोटरसाइकल पल्टिएको र

सम्वन्धित समाचारहरु