Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहद्वारा चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक


काठमाडौं। मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले चार वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । मङ्गलवार सिंहले पत्रकार सम्मेलन गर्दै चार वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

प्रगति विवरण सार्वजनिक सिंहले आफूले त्यस्तो कुनै पनि निर्णय नगरेको बताएका छन् । उनका अनुसार पाँच वर्ष देखि स्थायी भएका कार्यालय सहयोगी र सवारी चालक कर्मचारीलाई स्तर वृद्धि गरेको जानकारी दिए । एक वर्ष देखि स्थायी भएका कार्यालय सहयोगी र सवारी चालकलाई एकरएक ग्रेट वृद्धि गरेको उपकुलपति सिंहले बताएका छन् ।

त्यसैगरी, मध्यपश्चिम विश्वविद्यालयमा म आएपछि ४६ जनालाई पिएचडी गर्ने अवस्थामा पुर्‍याएको छु, ‘उनले भने,‘मैले त्यति पास गरेर बिदा हुँदै छु । २-४ वर्ष पनि पिएचडी गरेर आएका सर म्याडमले मध्यपश्चिम एउटा ठाउँमा जान्छ । मेरो लागि यहाँका विद्यार्थी, कर्मचारी र जनता शत्रु नभई यहाँको भोक, शिक्षा, गरिबी र पछौटे मेरो लागि ठुलो शत्रु हुन् । मैले पदीय जिम्मेवारी अनुसार उपकुलपतिको हैसियतले नेतृत्व गरेको हुँ । मेरो कार्यकाल सफल भए त्यसको सम्पूर्ण श्रेय विश्वविद्यालय परिवारलाई जान्छ ।’

विश्वविद्यालयमा हुने राजनीतिक जन्जिर तोड्न सके मात्रै शिक्षामा परिवर्तन हुन सक्ने उपकुलपति सिंहको भनाइ रहेको छ । आफू जन्मको माटोमा केही गर्ने सोच र नयाँ भिजनका साथ यहाँ आएको बताउँदै आफ्नो कार्यकालमा भएका कामको जिम्मेवारी यहाँका जनताले नै मूल्याङ्कन गर्ने दाबी गरेका छन् ।


प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?