Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहद्वारा चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक


काठमाडौं। मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले चार वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । मङ्गलवार सिंहले पत्रकार सम्मेलन गर्दै चार वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

प्रगति विवरण सार्वजनिक सिंहले आफूले त्यस्तो कुनै पनि निर्णय नगरेको बताएका छन् । उनका अनुसार पाँच वर्ष देखि स्थायी भएका कार्यालय सहयोगी र सवारी चालक कर्मचारीलाई स्तर वृद्धि गरेको जानकारी दिए । एक वर्ष देखि स्थायी भएका कार्यालय सहयोगी र सवारी चालकलाई एकरएक ग्रेट वृद्धि गरेको उपकुलपति सिंहले बताएका छन् ।

त्यसैगरी, मध्यपश्चिम विश्वविद्यालयमा म आएपछि ४६ जनालाई पिएचडी गर्ने अवस्थामा पुर्‍याएको छु, ‘उनले भने,‘मैले त्यति पास गरेर बिदा हुँदै छु । २-४ वर्ष पनि पिएचडी गरेर आएका सर म्याडमले मध्यपश्चिम एउटा ठाउँमा जान्छ । मेरो लागि यहाँका विद्यार्थी, कर्मचारी र जनता शत्रु नभई यहाँको भोक, शिक्षा, गरिबी र पछौटे मेरो लागि ठुलो शत्रु हुन् । मैले पदीय जिम्मेवारी अनुसार उपकुलपतिको हैसियतले नेतृत्व गरेको हुँ । मेरो कार्यकाल सफल भए त्यसको सम्पूर्ण श्रेय विश्वविद्यालय परिवारलाई जान्छ ।’

विश्वविद्यालयमा हुने राजनीतिक जन्जिर तोड्न सके मात्रै शिक्षामा परिवर्तन हुन सक्ने उपकुलपति सिंहको भनाइ रहेको छ । आफू जन्मको माटोमा केही गर्ने सोच र नयाँ भिजनका साथ यहाँ आएको बताउँदै आफ्नो कार्यकालमा भएका कामको जिम्मेवारी यहाँका जनताले नै मूल्याङ्कन गर्ने दाबी गरेका छन् ।


प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?