Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

ताकेकै हुन त पारसले पेस्तोल?


चितवन । चितवनमा पूर्व युवराज पारस शाहले चितवनको एउटा स्कूल बसलाई पेस्तोल ताकेको आरोप विद्यार्थीका अभिभावकले लागेकाे छ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित गत साता ११ दिन परिवारसहित चितवनमा छुट्टि मनाउन पुगेका छन । प्रत्यक्षदर्शीले पारसले नै पेस्तोल ताकेको दावी गरेका हुन् ।

भरतपुरस्थित सनराइज इङ्गलिस बोर्डिङ स्कूलको बस गत बुधबार आफ्ना विद्यार्थी बोकेर घरघर पुर्‍याउन गइरहेका बेला पारसले पेस्तोल ताक्नुभएको अविभावकहरूले बताउनु भएको छ । विद्यार्थी झारेर बस मोडिन आँट्दा पछाडिबाट आएको कालो रंगको गाडीले हर्न बजाएको र गाडी घुमाउन अलिबेर लागेपछि एक व्यक्ति कारबाट झोक्किँदै बाहिर निस्किएर पेस्तोल ताकेको अविभावकको दावी छ ।

उनी गैंडाकोटस्थित नारायणी सफारी होटलमा बसेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणासँगै चितवन गएका उनी फर्केका छैनन् । तर, पूर्वराजा शाह र कोमल भने काठमाडौँ फर्किसकेका छन् । सामाजिक संजाल प्रयोगकर्ता अनिल अधिकारीले त्यसबारे पोष्ट गरेर घटना अनुसन्धान गर्न आग्रह गरेका छन् । भरतपुर–८ मा पर्ने गौरीगञ्ज सल्यनी रुटमा विद्यार्थी ओरालेर गाडी मोड्न खोज्दा पारसले पछाडिबाट हर्न बजाएको र मोड्न ढिला भएपछि गाडिबाट ओर्लिएर पेस्तोल ताकेको सामाजिक संजाल प्रयोगकर्ताले दाबी गरेका छन् । तर, प्रहरीले सो घटना आफ्नो नोटिसमा नभएको जानकारी दिएको छ ।


प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?