Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

केन्द्रीय दुग्ध सहकारी संघद्वारा चक्काजामको घोषणा


काठमाडौं। केन्द्रीय दुग्ध सहकारी संघले बिहीबार चक्काजाम गर्ने घोषणा गरेको छ । देशभर बिहान १० बजे देखि १२ बजेसम्म संघले चक्काजाम गर्ने घोषणा गरेको हो ।

त्यस्तै, दुग्ध सहकारी संघले दुधको बक्यौता रकम माग गदै चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् भने विभिन्न संघसंस्थाका दुग्ध उत्पादक किसानले सरकार समक्ष विभिन्न माग राख्दै क्रमबद्धरुपमा आन्दोलन गर्दै आएका छन् । हिजो ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा नाराजुलुस धर्नासहित हित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको थियो भने आगामी दिनमा पनि चरणबद्ध आन्दोलन गर्ने उनीहरूको तयारी रहेको छ ।

त्यस्तै, बितेको ५ महिनाको करिब ६ अर्ब रकम भुक्तानी पाउन बाँकी रहेको उनीहरूको भनाइ रहेको छ भने दुधको बक्यौता रकम तुरुन्त भुक्तानी गर्न, नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दुध खरिद गर्ने व्यवस्था मिलाउन, भारतबाट दुध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्न, दुधको खरिद मूल्य मात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्न किसानले माग गरेका छन् ।

त्यसैगरी, बिक्री नभएको दुधलाई पाउडर बनाइ देशलाई मिल्क होलिडे हुनबाट रोक्न, खोरेत रोग मुक्त घोषणा गरी दुध तथा दुग्धजन्य उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरण मिलाउन लगायत उनीहरूले माग गरेका छन् ।

 


प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?