Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

समाचार


प्रदेश नं १ मा राप्रपाले तत्काल सरकार नछाड्ने

प्रदेश नं १ सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल नबाहिरिने भएको छ । राष्ट्रिपति निर्वाचनका विषयलाई लिएर केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण राप्रपाले शनिबार सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार राप्रपा सङ्घीय सरकार र केही प्रदेश सरकारबाट बाहिरिएको छ ।

लामो खडेरीले हिउँदेबाली नष्ट

लगातारको खडेरीले गहुँबालीसहित हिँउदेबाली सुक्न थालेको छ । खडेरीका कारण हिउदेबाली सुक्न थालेको भन्दै डडेल्धुराका किसान चिन्तित बनेका छन् । खेतमा लगाएको गहुँबालीसँगै तेलहनबाली पनि नष्ट भइरहेको छ । लामो समयदेखि हिउँदे वर्षा भएको छैन । गँहुबाली लगाइएका खेत तथा गराबाँझै छन् । पानी नपर्दा र सिँचाइ नहुँदा गहुँबाली सुकेर

खुला टेबलटेनिस हुने

जिल्ला टेबलटेनिस सङ्घको आयोजनामा १२औँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता यही फागुनमा हुने भएको छ । यही फागुन २५ गतेदेखि हुने उक्त प्रतियोगितामा पुरुष/महिला सिङ्गल्स खुला, स्कुल, कलेज, भेट्रान, बहिरा, शारीरिक अपाङ्गता भएका, दृष्टिविहीन र खेल पत्रकार गरी ३४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिनुभयो

काकाको हत्या गर्ने पक्राउ

आफ्नै काकालाई चक्कु प्रहार गरी हत्या गरेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–३ मडैका ३० वर्षीय विजेन्द्र महरा छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार गत आइतबार राति विजेन्द्रले ७० वर्षीय शिव महराको हत्या गरेका थिए । वृद्धभत्ता

नेप्सेमा चार दशमलव ५५ अङ्कको सुधार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज तीव्र उतारचढावकाबीच सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज चार दशमलव ५५ अङ्कले बढेर दुई हजार २७ विन्दुमा कायम भएको छ । एक हजार नौ सय ६३ को न्यूनतम विन्दुसम्म झरेको परिसूचक सम्हालिएर बजार बन्द हुने बेला केही अङ्कले बढेको हो ।

बालबालिकालाई वडाको निःशुल्क ‘ट्यूसन’

दमक नगरपालिका–९ वडा कार्यालयले विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेको छ । वडा कार्यालयले विपन्न समुदायका बालबालिकालाई ट्युसन कक्षाको व्यवस्था गरेको हो । वडाले पहिलो चरणमा उराव बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेको छ । यहाँका अधिकांस बासिन्दा स्थानीय चिया बगानमा काम गर्छन् । विपन्न समुदायका बालबालिकालाई

रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक

चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय वसुन्धारामा सोमबारका लागि बोलाइएको बैठकमा फेरिएको राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ।

पाँच वर्षपछि पुनः प्रयोगमा ल्याइँदैँ वायोग्यास प्लान्ट

काठमाडौँ महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालन गर्ने भएको छ । फोहरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको वायोग्यास प्लान्ट मर्मत गरी पुनः प्रयोगमा ल्याउन लागिएको कामपाले जनाएको छ । कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठका अनुसार

सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत गरिएको उक्त शोक प्रस्तावलाई बैठकले सर्वसम्मति रुपमा पारित गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य रहनुभएकी रहमानको शनिबार हृदयाघातका कारण ६३ वर्षको उमेरमा

आयुर्वेद चिकित्सालयमा स्थायी कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या

नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा स्थायी दरबन्दीका कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या हुन थालेको छ । चिकित्सालयमा ९९ कर्मचारीको स्थायी दरबन्दी रहेकामा हाल ४४ स्थायी कर्मचारीमात्र कार्यरत रहेको चिकित्सालयका निर्देशक डा प्रदीप केसीले राससलाई बताउनुभयोे । विकास समितितिसमेत गरी ६६ कर्मचारी करारमा कार्यरत रहेको उहाँले जानकारी दिनुभयो । अन्यत्रबाट काजमा आएका

सम्वन्धित समाचारहरु