Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कांग्रेस नेता जगन्नाथ पाैडेलले चितवन-२ मा रवि लामिछानेलाई समर्थन गर्ने


२० चैत्र, चितवन । नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले चितवनमा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने भएका छन् । चितवन-२ मा हुने उपनिर्वाचनमा उनले रविलाई समर्थन गर्ने बताएका हुन् ।

‘छोटो समयमा देशले रूपान्तरण खोजेको छ । त्यो रूपान्तरणको निमित्त उपयुक्त टिमको आवश्यकता छ । र, त्यो टिममा ऊर्जावान व्यक्तिहरूको आवश्यकता छ । त्यो समूह भनेको स्वतन्त्र पार्टीहरूको समूह हो । त्यो भएको हुनाले उहाँहरूलाई सहयोग गर्दाखेरी देशले निकास पाउँछ भन्ने लाग्छ,’ सोमबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले भने ।

पौडेल लामिछानेसँगै निर्वाचन अधिकृतको कार्यालयमै समेत पुगेका छन् । स्थानीय तह निर्वाचन र प्रतिनिधि सभा निर्वाचनमा उनले पार्टीको निर्णयविरूद्ध चुनाव लडेका थिए ।


प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?