Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कांग्रेस नेता जगन्नाथ पाैडेलले चितवन-२ मा रवि लामिछानेलाई समर्थन गर्ने


२० चैत्र, चितवन । नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले चितवनमा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने भएका छन् । चितवन-२ मा हुने उपनिर्वाचनमा उनले रविलाई समर्थन गर्ने बताएका हुन् ।

‘छोटो समयमा देशले रूपान्तरण खोजेको छ । त्यो रूपान्तरणको निमित्त उपयुक्त टिमको आवश्यकता छ । र, त्यो टिममा ऊर्जावान व्यक्तिहरूको आवश्यकता छ । त्यो समूह भनेको स्वतन्त्र पार्टीहरूको समूह हो । त्यो भएको हुनाले उहाँहरूलाई सहयोग गर्दाखेरी देशले निकास पाउँछ भन्ने लाग्छ,’ सोमबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले भने ।

पौडेल लामिछानेसँगै निर्वाचन अधिकृतको कार्यालयमै समेत पुगेका छन् । स्थानीय तह निर्वाचन र प्रतिनिधि सभा निर्वाचनमा उनले पार्टीको निर्णयविरूद्ध चुनाव लडेका थिए ।


प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?