Trending
>>   आज मिति २०८२ साल वैशाख ०९ गते मंगलबार ,हेर्नुहोस् आजको राशिफल >>   पत्रकारहरुको कारण मिथ्या सूचना फैलिने डरले बोल्ने अवस्था रहेन : एमाले सांसद पन्त >>   कुलिङ पिरियडका पक्षमा अधिकांश सांसद एक, समय–सीमामा भने विमति >>   नैतिक पतन देखिने मुद्दामा दोषी देखिए पेन्सन दिनु हुँदैन भन्नेमा छौँः सभापति खतिवडा >>   आर्थिक शिथिलता पार लगाउन निजी क्षेत्रको मार्गचित्र मान्न सरकार तयार छः उद्योगमन्त्री >>   तेस्रो राष्ट्रिय रूपमा निर्धारित योगदान कार्ययोजना सबैको साझा बन्छः वनमन्त्री ठकुरी >>   शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इन्जिन हुन्ः परराष्ट्रमन्त्री राणा >>   बंगलादेशसँगको कबड्डी श्रृंखलामा नेपाली महिला टोलीको उत्कृष्ट प्रदर्शन >>   पानीजहाज तथा जल परिवहनसम्बन्धी ऐन निर्माणमा सत्तापक्षले अल्मल्याएको प्रतिपक्षीको आरोप >>   एनआरएनएको ‘एकता महाधिवेशन’ वैशाख २० देखि
Logo
९ बैशाख २०८२, मंगलवार
९ बैशाख २०८२, मंगलवार

सामाजिक समावेशीकरण तालिम


२० चैत ,कर्णाली । कर्णाली तथा सुदूरपश्चिमका सरोकारवालालाई ‘लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण उत्तरदायी विपद् जोखिम न्यूनीकरण’सम्बन्धी तीन दिने तालिम प्रदान गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपी, युनिसेफ, युएनवुमन र स्याक नेपालको प्राविधिक सहयोगमा आइतबार वीरेन्द्रनगर सुर्खेतमा तालिम सम्पन्न भएको हो ।

तालिममा सीमान्तकृत, विपन्न, पिछडिएका वर्गलाई पनि विकास र विपद्मा कसरी एकीकृत गरेर लैजान सकिन्छ भन्ने विषयमा अन्तरक्रिया तथा छलफल भएको छ । महिला, शान्ति सुरक्षा, विपद्, जलवायु क्षेत्रमा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणलाई मूल विषय बनाएर जोखिम, सीमान्तकृत र विपन्नको मुद्दालाई कसरी माथि उठाउने भन्ने विषयमा तालिममा छलफल भएको युएनवुमनका कार्यक्रम विज्ञ समा श्रेष्ठले जानकारी दिए ।

विपद् जोखिमममा महिला, दलित, विपन्न वर्ग समेटेर सशक्त बनाउने भन्ने हो”, उनले भने, “यसका लागि सबै सरोकारवालालाई लैङ्गिक समानताका बारेमा महसुस गराउने, नीतिमा राख्न लगाउने, योजना निर्माणमा जोड दिने गरी सवाल उठाउने भएका छन् । वञ्चितीकरण एवं पछाडि परेकालाई जोखिमले झनै छुने भएकाले उनीहरुको समस्या बुझेर हाम्रो प्रतिरोध गर्नसक्ने क्षमता बढाउन सक्नुपर्ने उनको भनाइ थियो ।

प्रतिरोधात्मक क्षमता बढाउन जुनसुकै पालिका तथा स्थानीय सरकारले त्यसतर्फ ध्यान दिलाउन, विपद्सँग जुध्न सबै वर्ग, जाति समुदाय र क्षेत्रको क्षमता अभिवृद्धि गराउन जरुरी छ भने सबै क्षेत्रलाई महसुस गराउन तीन दिने तालिम गरिएको जनाइएको छ । मूलतः खण्डीकृत तथ्याङ्कको व्यवस्थापन, सबै वर्ग, क्षेत्र, समुदाय र स्थान विशेष योजना तथा कार्यक्रम गरेर त्यहीबमोजिम बजेट वितरण गर्न लगाउने गरी अघि बढिएको विज्ञ श्रेष्ठले बताए। उनका अनुसार विपद् जोखिममा सरोकार राख्नेलाई जोखिमका विषयमा बुझ्ने, मनन गर्ने, नीति, योजना, बजेट र अभ्यासमा परिवर्तन ल्याउने तथा उनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेर तालिम सम्पन्न गरिएको छ ।

अपाङ्गता भएका व्यक्ति, एकल महिलाका क्षेत्रमा काम गर्ने संस्थाले पनि प्रतिरोध शक्ति बढाउने सक्ने गरी कार्ययोजना निर्माण गरिएको बताउँदै उनले जोखिम न्यूनीकरणमा महिलालगायत सीमान्तकृत वर्ग, धार्मिक, आर्थिक कारण पछाडि परेकालाई यो कार्यक्रमले विशेष सहयोग पुर्याउने बताए ।

सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत सुनिता केसी जोखिम बढ्दा महिला, बालबालिका बेचबिखन, यौन शोषण, श्रम शोषण हुने कुरालाई पनि यो तालिमले गहिरो महसुस गराएको जनाईन्‌ । त्यस्तै, स्थानीय सरकारलाई रेडक्रस, अन्य नागरिक समाजलगायतका संस्थासँगको समन्वय अपरिहार्य छ भन्ने देखाएको उनले जनाईन्‌।

खण्डीकृत तथ्याङ्क आवश्यक उक्त तालिमले खण्डीकृत तथ्याङ्क हुनुपर्नेमा जोड दिएको छ । कार्यक्रम विज्ञ श्रेष्ठका अनुसार तथ्याङ्कको प्रयोग र सुधार गर्न आवश्यक छ । फिल्डको अवस्था प्रतिवेदनलाई अगाडि ल्याउन, खण्डीकृत तथ्याङ्कका आधारमा काम गर्न सहज हुनेछ । समाजमा हुने विभेदलाई कम गराउन, वर्ग, स्थान, तह र क्षेत्र अनुसार काम गर्न, समान सेवा, लैङ्गिक समानता र सामाजिक न्यायमा सघाउन पनि खण्डीकृत तथ्याङ्कले सहयोग गर्ने जनाइएको छ ।

सुरुदेखि जोखिममा परेका महिला, पुरुष, वृद्धवृद्धा, एकल महिला, बालबालिका, दलित छन् । जोखिमको बेला सुरक्षा खतरा पनि बढ्ने कुरालाई ध्यानमा राखेर जोखिममा परेकालाई सुरक्षित गर्ने, भेदभावरहित वातावरण र बलात्कारका घटनाबाट बचाउनुपर्नेमा जोड दिइएको छ । विशेषगरी भेदभावरहित सेवा, दुरुपयोग र शोषणको अन्त्य गराउन तालिम उपलब्धिमूलक हुने अपेक्षा गरिएको सहभागी रजनी योगीले जनाईन्‌ । उनका अनुसार तालिमले व्यवस्थापकीय क्षेत्रमा पनि समावेशीकरण हुनुपर्ने कुरालाई जोड दिएको छ । उक्त कार्यक्रममा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका ४५सरोकारवाला सहभागी भएको आयोजकले जनाएको छ ।


प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?