Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

समाचार


पोखरास्थित रत्न मन्दिर खुला गर्ने तयारी

२६ चैत्र, पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किरातीले शनिबार साँझ रत्न मन्दिरको अवलोकन गरेका छन् । उनले डेढ घण्टा मन्दिर परिसरमा रहेका सबै विषयका बारेमा जानकारी लिए । सो अवसरमा उनले दरबार खुला गर्ने योजनाअनुसार व्यावसायिक योजना बनाउन नेपाल ट्रष्टको बैठक राखेर आग्रह गरिसकेको जानकारी दिए ।

ट्रकको ठकरबाट मोटरसाइकल चालकको मृत्यु

२६ चैत्र, उदयपुर । गाईघाट बजारको मुख्यचोकमा आज बिहान ट्रकको ठकरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठकरबाट मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–११ साउनेका ४३ वर्षीय तारणी थापामगर रहेका छन् । प्रदेश नं१–०५–००१प ६१५१ नंको मोटरसाइकलमा सवार मगरलाई गाईघाटबजारको मुख्य चोकबाट दक्षिणतिर जाँदै

भूमिहीन र सुकुम्बासीको अझै तथ्याङ्क सङ्कलन हुन सकेन

२६ चैत ,बैतडी । बैतडीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको छ । यहाँका स्थानीय तहहरूको चासो नदिँदा तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको हो । जिल्लाका सबै स्थानीय तहलाई तथ्याङ्क सङ्कलन गरिदिन पटक–पटक आग्रह गरिएको भए पनि चासो नदिएको ढिलाइ भएको राष्ट्रिय भूमि आयोग, जिल्ला समिति

तीन लाख पशुमा पूर्णखोप लगाइँदै

२६ चैत ,दमौली । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका सात स्थानीय तहमा पशुमा पूर्णखोप कार्यक्रम थालिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँमार्फत जिल्लाका व्यास, शुक्लागण्डकी, भानु, भिमाद नगरपालिका सहित म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा पशुमा पूर्णखोप अभियान सञ्चालन गरिएका हो । विज्ञ

यातायात मजदुरलाई मासिक प्रशिक्षण

२६ चैत ,सिन्धुपाल्चोक । सङ्घीय राजधानीपूर्वका जिल्लामा लामो समयदेखि यातायात सञ्चालन गर्दै आइरहेको पूर्व अरनिको यातायात कम्पनी प्रालिले दुर्घटना न्यूनीकरण गर्न नियमितरूपमा यातायात मजदुरलाई प्रशिक्षण दिन सुरु गरेको छ । चालकहरूको लापरवाहीले दैनिकरूपमा सडक दुर्घटना हुन थालेपछि पूर्व अरनिको यातायात कम्पनीमाफर्त कार्यरत चालक, सहचालक तथा परिचरका लागि मासिकरूपमा अभिमुखीकरण तालिम

स्वास्थ्य र शिक्षामा छुट

२६ चैत ,तुलसीपुर । दाङ तुलसीपुरका विद्यालयले यातायात मजदुरका छोराछोरीलाई पठनपाठनमा छुट दिने भएका छन् । अखिल नेपाल यातायात मजदुर सङ्घको पहलमा केही विद्यालयले उनीहरुलाई भर्ना तथा मासिक शुल्कमा छुट दिने भएका हुन् । सङ्घका केन्द्रीय उपमहासचिव घनश्याम डाँगीले तुलसीपुरका केही विद्यालयले छुट दिन लागेका जानकारी दिए । तुलसीपुस्थित डिभाइन

टिआरसीसम्बन्धी विधेयक पारित गर्ने विषयमा सहमति जुटेन

२५ चैत ,काठमाडौँ । सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्याक) बाट पारित गर्ने विषयमा शीर्ष नेताबीच सहमति हुन सकेन । सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारस्थित उनकै कार्यकक्षमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष

प्रहरी, त्रिभुवन क्लब, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा

२५ चैत ,मोरङ । गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय चौथो पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल प्रहरी, सुदूरपश्चिम र मधेस प्रदेश पुगेका छन् । विराटनगरको सहिद रङ्शालामा आज सम्पन्न भएको लिग चरणको खेलअन्तर्गत समूह ‘ए’तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पहिलो र दोस्रो स्थानमा नेपाल प्रहरी छन्। यस्तै

जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित

२५ चैत ,जुम्ला । जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान गरिएको छ । नेकपा (माओवादी केन्द्र) जुम्लाले अन्तरजातीय विवाह गर्नेलाई सम्मान गरेको हो । माओवादी निकट दलित मुक्ति मोर्चाको हालै सम्पन्न जिल्ला सम्मेलनका क्रममा ती जोडीलाई सम्मान गरिएको माओवादी केन्द्र जुम्लाका इन्चार्ज नरेश भण्डारीले बताए । माओवादी केन्द्र निकट

मिल्स टि-२० क्रिकेटको उपाधि नरपथगञ्जलाई

२५ चैत ,विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि-२० प्रतियोगिताको उपाधि भारत विहारको राहुल–११ नरपथगञ्जले जितेको छ । विराटनगरको जुट मिलको खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा एनबिएससी क्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि जितेको हो । जितसँगै नरपथगञ्जले रु एक लाख ११ हजार पुरस्कार प्राप्त गरेको छ ।

सम्वन्धित समाचारहरु