Trending
>>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

मिल्स टि-२० क्रिकेटको उपाधि नरपथगञ्जलाई


२५ चैत ,विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि-२० प्रतियोगिताको उपाधि भारत विहारको राहुल–११ नरपथगञ्जले जितेको छ ।

विराटनगरको जुट मिलको खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा एनबिएससी क्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि जितेको हो । जितसँगै नरपथगञ्जले रु एक लाख ११ हजार पुरस्कार प्राप्त गरेको छ ।

उपविजेता विराटनगरले रु ५१ हजार प्राप्त गरेको छ । एक सय ५८ रनको लक्ष्य पछ्याएको नरपथगञ्जले १८ दशवलम दुई बलमा सात विकेट गुमाई पूरा गर्यो । नरपथगञ्जका भानु आन्दले ३५ बल खेल्दै छ छक्का र चार चौका प्रहार गर्दै ६३ रन बनाए । उनी प्लेयर अफ द म्यान घोषित भए । उनले नगद रु ११ हजार प्राप्त गरे ।

नरपथगञ्जका विजय भारतीले ३६ रन र साहिल कुमारले २५ रनबताए । विराटनगरका विधान गोस्वामीले चार विकेट लिए भने साकिबुल गनीले दुई र मोहित कुमारले एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको एनबीएससीले १९ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको थियो ।

विराटनगरका रोहन बिकेले ४४ रन, प्रशान्त कुमारले २२ रन र विपिन सौरवले २१ रन बनाए । नरपथगञ्जका लागि अमन सिंह, सक्षम शर्मा, रबडा र साहिल कुमारले समान दुई/दुई विकेट लिए । उत्कृष्ट ब्याटर नरपथगञ्जका अभिषेक पाठक भए भने उत्कृष्ट बलर एनबीएससी विराटनगरका अनुभव श्रीवास्तव बने । प्लेयर अफ द सिरिज एनबीएससीका विधान गोस्वामी घोषितभए । उनीहरुले जनही रु १५ हजार प्राप्त गरे ।

उदयमान खेलाडी मिल्स एकाडेमीका अभय कुर्मी भए । उनले नगद रु पाँच हजार प्राप्त गरे । बिजेता टोलीलाई नेपाल क्रिकेट सङ्घका केन्द्रीय कोषाध्यक्ष रोशन सिंह र वरिष्ठ सल्लाहकार नरेश श्रेष्ठ, नेपाल खेलकुद महासङ्घकी केन्द्रीय सदस्य साना डङ्गोल, मिल्स क्रिकेट एकाडेमीका अध्यक्ष मुरारी चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?