Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

समाचार


विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार ‘एक्सरे मेसिन’ जडान

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ । ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ । विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले विगतका समयमा दुई मात्रै एक्सरे मेसिनबाट जाँचपास हुँदै आएकामा आजदेखि थप चारवटा एक्सरे मेसिन जडान

जनकपुरधामबाट राम जन्मभूमि अयोध्या भार पठाइयो

गोदार,धनुषा। जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधाम-अयोध्याधाम यात्रासहित आज बिहान यहाँबाट भार पठाइएको हो । जानकी मन्दिर प्राङ्गणमा आज आयोजित विशेष समारोहमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सांसद एवं

राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्रीको भेट, आपसी सहकार्यबारे छलफल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री डा. एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। उक्त भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकोमा जोड दिएका

ललितपुरको ललितमण्डप पुनःनिर्माण हुने

ललितपुर। विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त ललितपुर महानगरपालिका-४ जावलाखेलस्थित ऐतिहासिक सम्पदा ललितमण्डपको पुनःनिर्माण हुने भएको छ । ललितमण्डप छेउमा रहेका पाटी (फल्छा) र जावलाहिटी (गैरेधारा) भने ललितपुर महानगरले यसअघि नै पुनःनिर्माण गरिसकेको छ । त्यसैगरी ललितमण्डपलाई ऐतिहासिक शैलीमा पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको ललितपुर महानगरपालिका वडा नं

नुवाकोट र रसुवाका उत्कृष्ट किसान सम्मानित

त्रिशूली,नुवाकोट। नुवाकोट र रसुवा जिल्लाका उत्कृष्ट छ किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत नगदसहित सम्मान गरिएको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र नुवाकोटले दुई जिल्लाबाट उत्कृष्ट कृषकको रुपमा छनोट भएका तीन–तीन किसानलाई बुधबार नगद रु २० हजारसहित दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरेको हो । उत्कृष्ट हुने किसानमा

मुलुकको विकासका लागि लगानीमैत्री वातावरण चाहिन्छ : सांसद भण्डारी

काठमाडौं। नेकपा (एमाले) का युवा नेता एवं प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीले विकास र समृद्धिका लागि देशभित्र बलियो लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको बताएका छन् । सांसद भण्डारीले नेपालको आर्थिक एवं औद्योगिकसमेतका क्षेत्रमा विकास नहुनुमा देशभित्र उपयुक्त लगानीमैत्री वातावरण बनाउन पर्याप्त काम हुन नसक्नु मुख्य कारण रहेको बताएका छन्। नेकपा

जिल्ला अदालतबाट हतकडीसहित भागेका थुनुवा पक्राउ

काठमाडौं। जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ जडीबुटीस्थित न्युदोलखाली गेष्ट हाउसबाट ३२ वर्षीय कमल खड्कालाई बिहीबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन्। त्यस्तै, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर २ घर भई

पीएसजीले जित्यो १२औं पटक फ्रेन्च सुपर कपको उपाधि

काठमाडौं। पेरिस सेन्ट जर्मेन पीएसजीले कीर्तिमानी १२औं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ । गएराति टुलुजविरुद्ध २(० को सहज जित हात पार्दै पीएसजी च्याम्पियन बनेको हो। यस खेलमा एक गोल गरेका केलियन एमबाप्पे पार्क डेस प्रिन्सेसमा पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने । ली काङ–इनले खेलको तेस्रो मिनेटमै

पश्चिम चितवन गाजर खेतीको ‘हब’

नारायणगढ,चितवन। प्राङ्गारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर महानगरपालिका-१५ श्रीपुरका चार बिघा चार कट्ठा जमिनमा गाजरखेती गरिएको छ । रासायनिक मल र विषादीको प्रयोगबिना प्राङ्गारिक प्रक्रियाद्वारा किसान चन्द्रप्रसाद अधिकारी, महेन्द्र पौडेल र मोहनसिंह गुरुङले संयुक्तरुपमा रु १४ लाख लगानी गरेर भाडाको जग्गामा गाजरखेती गरेका हुन् । विसं २०३२ देखि

इरान बम विस्फोट अपडेटः  १०३ जनाको मृत्यु, १४१ घाइते

तेहरान। हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा एकसय तीन जनाको मारिएको सरकारी मिडियाले बताएको छ । आक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन भने आधिकारिक आइआरएनए समाचार एजेन्सीले यसअघि ७३ जनाको मृत्यु भएको सूचना दिएको थियो । एजेन्सीले भनेको छ,

सम्वन्धित समाचारहरु