Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

नुवाकोट र रसुवाका उत्कृष्ट किसान सम्मानित


त्रिशूली,नुवाकोट। नुवाकोट र रसुवा जिल्लाका उत्कृष्ट छ किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत नगदसहित सम्मान गरिएको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र नुवाकोटले दुई जिल्लाबाट उत्कृष्ट कृषकको रुपमा छनोट भएका तीन–तीन किसानलाई बुधबार नगद रु २० हजारसहित दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरेको हो ।

उत्कृष्ट हुने किसानमा नुवाकोटबाट विदुर–५ पिपलटारका भैँसीपालक किसान तिलकुमारी न्यौपाने, शिवपुरी गाउँपालिका–१ का बाख्रापालक किसान धनकुमारी गुरुङ र स्ट्रबेरी उत्पादक ककनी गाउँपालिका–२ का अष्टलाल तामाङ रहेका छन् । यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ का स्याउ उत्पादक किसान ग्याल दोर्जे तामाङ, उत्तरगया गाउँपालिका–२ का स्याउ उत्पादक र पाशुपालक किसान हीरबहादुर तामाङ र नौकुण्ड गाउँपालिका–६ का तारकारी उत्पादक पेम्बा तामाङलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’द्वारा सम्मान गरिएको हो ।

‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत दुई जिल्लाबाट उत्कृष्ट भएका किसानलाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लगायतले सम्मान गर्दै कृषि तथा पशुपालनबाट प्राप्त गरेको ‘उत्कृष्ट’ उपाधिलाई कायम राख्दै पेसालाई आगामी दिनमा थप निरन्तरता दिन सुझाव दिए ।

त्यसैगरी, सम्मानित हुने किसान अधिकांश युवा छन् भने उनीहरुमार्फत अन्य युवा वर्गलाई कृषि कर्मप्रति आकर्षण हुने गरेर नमूना किसान बनेर स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नतर्फ लाग्न कृषि ज्ञान केन्द्रका प्रमुख केशव खनाल आग्रह समेत गरेकाा छन् ।

नुवाकोट र रसुवा जिल्लाबाट छानिएका किसानलाई कृषि ज्ञान केन्द्रले बागमती प्रदेशस्तरीय उत्कृष्ट किसान पुरस्कारका लागि सिफारिस गरिएको छ । प्रदेशबाट उत्कृष्ट भएका किसानले केन्द्रीयस्तरको प्रतिस्पर्धामा छनोट हुन पाउने छन् ।


प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?