Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

पीएसजीले जित्यो १२औं पटक फ्रेन्च सुपर कपको उपाधि


काठमाडौं। पेरिस सेन्ट जर्मेन पीएसजीले कीर्तिमानी १२औं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ । गएराति टुलुजविरुद्ध २(० को सहज जित हात पार्दै पीएसजी च्याम्पियन बनेको हो।

यस खेलमा एक गोल गरेका केलियन एमबाप्पे पार्क डेस प्रिन्सेसमा पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने । ली काङ–इनले खेलको तेस्रो मिनेटमै गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।

त्यस्तै, भिटिन्हाको उत्कृष्ट क्रसमा डेम्बेलेले मिलाएको बलमा लीले पोस्ट नजिकबाट गोल गरे भने यसै खेलमार्फत ओस्मान डेम्बेले १५ दिन पछि पिचमा फर्किएका थिए ।

४४ औं मिनेटमा एम्बाप्पेले अर्को गोल गर्दै अग्रता दोब्बर पारे यो उनको घरेलु मैदानमा १ सय ११ औं गोल थियो । ब्राजिलका डिफेन्डर लुकास बेराल्डोले दोस्रो हाफमा पीएसजीबाट डेब्यू गरे ।

दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन नसक्दा पीएसजी च्याम्पियन बनेको हो ।


प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?