Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

पीएसजीले जित्यो १२औं पटक फ्रेन्च सुपर कपको उपाधि


काठमाडौं। पेरिस सेन्ट जर्मेन पीएसजीले कीर्तिमानी १२औं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ । गएराति टुलुजविरुद्ध २(० को सहज जित हात पार्दै पीएसजी च्याम्पियन बनेको हो।

यस खेलमा एक गोल गरेका केलियन एमबाप्पे पार्क डेस प्रिन्सेसमा पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने । ली काङ–इनले खेलको तेस्रो मिनेटमै गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।

त्यस्तै, भिटिन्हाको उत्कृष्ट क्रसमा डेम्बेलेले मिलाएको बलमा लीले पोस्ट नजिकबाट गोल गरे भने यसै खेलमार्फत ओस्मान डेम्बेले १५ दिन पछि पिचमा फर्किएका थिए ।

४४ औं मिनेटमा एम्बाप्पेले अर्को गोल गर्दै अग्रता दोब्बर पारे यो उनको घरेलु मैदानमा १ सय ११ औं गोल थियो । ब्राजिलका डिफेन्डर लुकास बेराल्डोले दोस्रो हाफमा पीएसजीबाट डेब्यू गरे ।

दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन नसक्दा पीएसजी च्याम्पियन बनेको हो ।


प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?