Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

समाचार


रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्दै छ । प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाको बझाङ क्षेत्र नम्बर १ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार उठाउने कि नउठाउने भन्नेमा रास्वपा छलफल चल्दै आएको छ।

दिपक खड्का कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य मनोनित

काठमाडाैं । कांग्रेसका सभापति शेरबहादुर देउवाले दिपक खड्कालाइ कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य मनोनित गरेका छन् । मुख्य सचिव कृष्णप्रसाद पौडेल सभापति देउवाले खड्कालाइआमन्त्रित सदस्य मनोनित गरेकाे जानकारी दिए

गठबन्धन तोडेर माओवादीले मतदातालाई धोका दियोः उपसभापति खड्का

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन तोडेर नेकपा (माओवादी केन्द्र)ले मतदातालाई राजनीतिक रुपमा ठूलो धोका दिएको बताउनुभएको छ ।“यसपटक नेपाली कांग्रेसलाई मात्र होइन्, निर्वाचनका बेला मतदातालाई दिएको बचनबाट माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट राजनीतिक रुपमा ठूलो धोका भएको छ”, आइतबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ

राष्ट्रियसभा अध्यक्ष निर्वाचन: कांग्रेसका शर्मा र माओवादीका दाहाल मैदानमा

काठमाडाैं । राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा कांग्रेसका युवराज शर्मा र माओवादीका नारायण दाहाल मैदानमा देखिएका छन । हालसम्म दुइ मात्र उम्मेद्वार तय भएका हुन । माओवादी केन्द्रले दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने पदाधिकारी बैठकले निर्णय गरेको हाे । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

शालीन मृत्यु प्रकरणः प्रधानाध्यापकसहित तीन शिक्षकलाई थप ४ दिन म्याद थप

चितवन । चितवनको एकता शिशु निकेतनमा मृत भेटिएकी शालीन पोखरेलको घटनामा पक्राउ परेका विद्यालयका प्रधानाध्यापकसहित ३ शिक्षकलाई अनुसन्धानको लागि थप ४ दिन म्याद थप गरिएको छ । उनीहरु तीनै जना प्रहरी हिरासतमा छन् । चितवनका प्रहरी उपरीक्षक एसपी भावेश रिमालका अनुसार जिल्ला अदालत चितवनबाट थप अनुसन्धानको लागि आज तेस्रो पटक

कांग्रेसबाट राष्ट्रियसभा अध्यक्षकाे उम्मेदवार युवराज शर्मा

काठमाडौं । कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । ७३ वर्षीय शर्मा २०७८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । संघीय संसद सचिवालयको विवरण अनुसार शर्मा २०२७ सालदेखि राजनीतिमा छन् ।

भ्यागुताको धार्नी पुर्याउन काँग्रेस लाग्नुहुँदैन: प्रदीप पौडेल

काठमाडाैं । शिक्षक संघ बागमती प्रदेशको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा काठमाडौँ क्षेत्र नं ५ का सांसद माननीय प्रदीप पौडेलले नेपाली कांग्रेस सरकार बनाउने खेलमा अहिले नै लाग्नु नहुने बताएका छन् । काठमाडौँ सुकेधारामा आयोजित शिक्षक संघ बागमती प्रदेशको चौथो अधिवेशनमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन्

बदलिएको परिस्थितीअनुसार कार्यसम्पादन गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितीअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिनुभयो । “बदलिएको परिस्थितीमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका

लडकेश्वरकाे कोटीहोममा पुगे राष्ट्रपति पौडेल

काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले पनौती नगरपालिका वल्थली लडकेश्वरमा आयोजित कोटीहोममा आइतबार पुगेर पूजा अर्चना गर्नुका साथै फूलप्रसाद ग्रहण गर्नुभएको छ ।सो अवसरमा उहाँले यस पवित्र भूमिमा आयोजना गरिएको कोटीहोमबाट देश र जनताको कल्याण होस भन्ने कामना गर्नुभयो । ओमकार फाउण्डेशनले सो कोटीहोम आयोजना गरिएको जनाइएको छ । यस्तो पूण्य

माओवादीबाट राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल उम्मेदवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। राष्ट्रियसभा अध्यक्षको निर्वाचन यहि  २९ गते हुँदैछ ।

सम्वन्धित समाचारहरु