११ ,कात्तिक ,काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन् । सार्क मन्त्रिपरिषद्ले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै उहाँले गत मङ्गलबारदेखि कार्यभार सम्हालेको सार्क सचिवालयले आज जनाएको छ । नवनियुक्त महासचिव सार्कको १५औँ महासचिव हुन् । उनि बङ्गलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी हुन्
११ ,कात्तिक ,काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताएका छन् । बडादसै, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले भने,
११ ,कात्तिक ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । बडादसँै, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा सञ्चारकर्मीसंग
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोशीमा कांग्रेसका आठ सांसदले एमालेको सहयोग माग गरेपछि आफूहरुले समर्थन गरेको जानकारी दिए । उनले आधारभूत विश्वव्यापी मान्यताअनुरुप नै शान्तिप्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्ने बताए । महासचिव पोख्रेलले
११ ,कात्तिक ,झापा । पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले आज बिहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् । मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य र नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले खादा र अबिर लगाएर यात्रीलाई बिदाइ गरे । मकवानपुरको हिमालयन राइडर्स् सोसाइटीको आयोजनामा
११ ,कात्तिक ,काठमाडौँ । शुक्रबारदेखि भारतमा सुरू भएको ‘मुम्बई चलचित्र महोत्सव २०२३ (मामी)’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ । यही १९ गतेसम्म सञ्चालनमा रहने महोत्सवमा सहभागी हुन नेपाली चलचित्रकर्मी त्यहाँ पुगिसकेका छन् । महोत्सवमा ७० देशका दुई सय ५० चलचित्र प्रतिस्पर्धामा छन् । महोत्सवमा नेपालबाट चलचित्र ‘गाउँ आएको बाटो’
११ ,कात्तिक ,बलेवा (बागलुङ) । नगरपालिकाभित्र कम्तीमा १० वटा गौरवका आयोजना सञ्चालन गरेर आन्तरिक आय बढाउने र रोजगारी प्रवर्द्धन गर्ने लक्ष्यसहित बागलुङ नगरपालिकाले आवधिक योजना बनाएको छ । पाँच वर्षका लागि बजेटसहितको कार्यक्रम र २० वर्षसम्मका दीर्घकालीन योजना समावेश गरेर योजना बनाइएको नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । नगरका धार्मिक
११ ,कात्तिक ,चितवन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिरमा यस वर्षको नवदुर्गामा पहिलेका वर्षहरुभन्दा धेरै भक्तजन पुगेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार यस वर्ष पहिलेको भन्दा भक्तजनको ठूलो सङ्ख्यामा भीड लागेको हो । दसैँको नवदुर्गा सुरु भएदेखि मौलाकालिका दर्शन गर्न जाने क्रम बढेको हो । पहिले
११ ,कात्तिक ,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही कात्तिक १३ गते सोमबार दिनको २ः३० बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी उक्त बैठक बोलाइएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार आगामी बैठकमा
११ ,कात्तिक ,सिन्धुपाल्चोक । मेलम्ची भन्ने बित्तिकै खानेपानीको मुहान भनेर चिन्ने गरेपनि मेलम्ची बजारकै नागरिकले खानेपानीको अभाव झेल्दै आएका छन् । अब भने मेलम्ची नगरपालिका–११ मेलम्ची बजारका स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान हुने भएको छ । बजारका घरमा खानेपानीको धारा जडान गरेर खानेपानीको सुविधा पुर्याउने गरी योजना सञ्चालन