Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
३ माघ २०८२, शनिबार
३ माघ २०८२, शनिबार

मामीमा नेपाली चलचित्र


११ ,कात्तिक ,काठमाडौँ । शुक्रबारदेखि भारतमा सुरू भएको ‘मुम्बई चलचित्र महोत्सव २०२३ (मामी)’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ । यही १९ गतेसम्म सञ्चालनमा रहने महोत्सवमा सहभागी हुन नेपाली चलचित्रकर्मी त्यहाँ पुगिसकेका छन् । महोत्सवमा ७० देशका दुई सय ५० चलचित्र प्रतिस्पर्धामा छन् ।

महोत्सवमा नेपालबाट चलचित्र ‘गाउँ आएको बाटो’ ‘साउथ एसिया प्रिमियर’ मा सहभागी हुँदैछ । यस्तै, ‘द रेड सुटकेस’ र ‘गुराँस’ पनि साउथ एसिया अन्तर्गतको प्रतिस्पर्धामा छन् । महोत्सवमा दिवा शाहको निर्देशन र नेपाल र भारतको सहकार्यमा निर्माण भएको ‘बहादुर : द ब्रेभ’ समेत प्रतिस्पर्धामा छ ।

छोटो चलचित्रको विधामा आयारुस पौडेलको ‘हेलेना’ र ‘विन्डहर्स्’ पनि प्रतिस्पर्धामा छन् । विदुषी गिरीको लेखन र निर्देशनमा निर्माण भएको छोटो चलचित्र ‘चिसो घर’ पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर) को लागि छनोट भएको छ । उक्त चलचित्र ‘फोकस साउथ एसिया’ विधा अन्तर्गत छनोट भएको हो ।

महोत्सवमा सहभागी हुन पुगेकी निर्देशक गिरीले अन्तर्राष्ट्रिय महोत्सवमा छनोट हुँदा उत्साहित भएकोे प्रतिक्रिया दिईन् । उनले भनिन्, “प्रतिस्पर्धामा सहभागी चलचित्रकर्मीहरूसँग ज्ञान र अनुभव साट्नुका साथै यहाँका चलचित्र हेर्न र आफ्नो चलचित्रका बारेमा आउने प्रतिक्रियाका निमित्त तयार रहेको छु ।”

नेपाली चलचित्र पछिल्लो समय विश्वका विभिन्न प्रसिद्ध महोत्सवमा छनोट भइरहेका छन् । मौलिक कथा छनोट गरिने यस्ता महोत्सवमार्फत नेपाली चलचित्र निर्माणको लगानीमा समेत सहयोग मिल्ने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: ११ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?