Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

समाचार


अन्ततः माधव नेपाललाइ मिलाउन सत्तागठबन्धनबीच सात बुँदे सहमति !

काठमाडाैं । सत्तागठबन्धनका पाँच दलबीच सात बुँदे सहमति भएको छ। नयाँ समीकरणपछि बनेको सत्तागठबन्धनमा आवद्ध नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच सात बुँदे सहमति भएको हो। यसअघि आठ बुँदे सहमित गरेका चार दलमा पाँचौँ दल एकीकृत समाजवादी मिसिएपछि नयाँ सहमति बनेकाे

राष्ट्रिय सेवा दलकाे सिनियर डिभिजन तालिमको दीक्षान्त समारोह (फाेटाे फिचर)

काठमाडौँ । राष्ट्रिय सेवा दलद्वारा सञ्‍चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोह सम्पन्न भएकाे छ । प्रधानमन्त्री प्रचण्डले युवा सशक्तिकरण तालिमले सामथ्र्यवान्, उद्यमशील, सिर्जनशील एवं सकारात्मक सोचयुक्त भविष्यका कर्णधारहरू तयार गरी राष्ट्रको पक्षमा अर्थपूर्ण योगदान दिन सक्ने सक्षम युवाहरू उत्पादनमा सरकार हरसम्भव प्रयासरत गरेको बताउनुभयो ।  

राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय सेवा दलद्वारा सञ्‍चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हुने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले युवा सशक्तिकरण

शववाहनलाई पैसा तिर्न नसक्दा श्रीमानकाे शव रिक्सामा राखेर आर्यघाट पुर्‍याएकी माइली

काठमाडाैं । दुई दिनअघि श्रीमान् गुमाएकी ५६ वर्षीया माइली राईले हारगुहार गरेर श्रीमान्को दाहसंस्कार त गरिन्, तर थप किरिया ‘सांगे किरिया’ कसरी सक्ने भन्ने चुनौती थपिएको छ । नुवाकोटको लिखु गाउँपालिका– ४ रानीटार स्थायी घर भएकी माइलीको परिवार काठमाडौंको खुसिबुमा बस्दै आएको छ । छोरा र छोरी बेरोजगार छन् । आम्दानीको स्रोत केही

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सुरू (लाइभ)

काठमाडाैं । राष्ट्रिय सभा अध्यक्षमा माओवादीका केन्द्रीय सदस्य नारायण दाहाल र कांग्रेस नेता युवराज शर्माले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा मंगलबार हुने निर्वाचनका लागि पाँचदलीय गठबन्धनबाट माओवादीका दाहालले उम्मेदवारी दिएका हुन् भने प्रमुख प्रतिपक्षी कांग्रेसबाट शर्माले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । https://youtu.be/f1C-8F9cjkY  

कसैकाे आदेश कुर्नु पर्दैन, ऐन पल्टाउनुस् देखाइदिनुस् कानुनी राज्य के हो?

काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले कानुनी राज्यको उपस्थिति देखाउन देशभर कार्यरत प्रहरीहरूलाई अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत आज बिहान अपिल जारी गरेका लामिछानेले अपराध नियन्त्रण र कानुनी राज्यको प्रत्याभूतिका लागि कसैको आदेश नकुर्न र ऐन–कानुनअनुसार अधिकार प्रयोग गर्न अपिल गरेका हुन्। देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीहरूलाई मेरो अपिल भन्दै

राष्ट्रिय सभा अध्यक्ष निर्वाचन आज: माओवादीका दाहाल र कांग्रेसका शर्मा उम्मेदवार,कस्काे पक्षमा कति?

काठमाडाैं । राष्ट्रिय सभा अध्यक्षमा माओवादीका केन्द्रीय सदस्य नारायण दाहाल र कांग्रेस नेता युवराज शर्माले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा मंगलबार हुने निर्वाचनका लागि पाँचदलीय गठबन्धनबाट माओवादीका दाहालले उम्मेदवारी दिएका हुन् भने प्रमुख प्रतिपक्षी कांग्रेसबाट शर्माले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । माओवादीका गोपी सार्की अछामीको प्रस्तावमा उम्मेदवार बनेका दाहाललाई एमालेका

त्रिकोणात्मक टि-२० सिरिज : पिएनजीविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत दोस्रो खेलमा पपुवा न्युगिनी (पिएनजी) विरुद्ध पिएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो। आइतबार नेपालले हङकङसँग पहिलो खेल वर्षाको कारण रद्द भएपछि अंक बाँडेको थियो । यो खेल जिते नेपाल फाइनल पुग्ने छ। फाइनलमा पुग्न नेपालले आजको खेल जित्नैपर्ने दबाब छ ।

मौसम: पहाडी क्षेत्रका केहि भूभागमा वर्षा हुने,हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

राष्ट्रियसभा अध्यक्षका लागि आज निर्वाचन हुदै

काठमाडौ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको अध्यक्ष पदका लागि आज बिहान ११ बजेर ९ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रियसभा बैठकमा अध्यक्षको चयनको निर्वाचन हुँदैछ । राष्ट्रियसभाको अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल चुनावी मैदानमा छन् । कांग्रेसलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले

सम्वन्धित समाचारहरु