Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

कसैकाे आदेश कुर्नु पर्दैन, ऐन पल्टाउनुस् देखाइदिनुस् कानुनी राज्य के हो?


काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले कानुनी राज्यको उपस्थिति देखाउन देशभर कार्यरत प्रहरीहरूलाई अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत आज बिहान अपिल जारी गरेका लामिछानेले अपराध नियन्त्रण र कानुनी राज्यको प्रत्याभूतिका लागि कसैको आदेश नकुर्न र ऐन–कानुनअनुसार अधिकार प्रयोग गर्न अपिल गरेका हुन्।

देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीहरूलाई मेरो अपिल भन्दै उनले भनेका छन्, ‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नुपर्दैन । ऐन पल्टाउनूस् र देखाइदिनूस् कानुनी राज्य भनेको के हो।’

देश भरका सम्पुर्ण राष्ट्रसेवक प्रहरीहरु लाई मेरो अपिल: देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल (पार्टी वाला होइन, देश वाला)


प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?