Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

समाचार


राहत वितरण एकद्वार प्रणालीमार्फत

काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा राहत वितरण एकद्वार प्रणालीमार्फत गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले खोजी, उद्धार र राहत वितरणलाई प्राथमिकता दिने गरेको हो । उपप्रधानमन्त्री श्रेष्ठका अनुसार अहिलेसम्म १३६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १६१ जना घाइते भएका छन् ।

आफू चढेको हेलिकप्टर उद्धारमा छोडेर नियमित उडानबाट फर्कँदै प्रधानमन्त्री

काठमाडौं । भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोट र रुकुम (पश्चिम) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानबाट फर्कने भएका छन् । आफू गएको नेपाली सेनाको हेलिकप्टर घाइतेहरुको उद्धारमा छोडेर नियमित उडानबाट प्रधानमन्त्री फर्कन लागेका हुन् । ‘प्रधानमन्त्री अहिले साढे दुई बजेको नियमित उडानबाट काठमाडौं फर्कंदै हुनुहुन्छ, हेलिकप्टर चाहिँ घाइतेहरुको उद्धार

भूकम्प प्रभावितलाई कांग्रेसको ५० लाख सहयोग

काठमाडौः कांग्रेसले भूकम्पपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। साथै, कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिलसमेत गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेसले उक्त घटनाले समस्त नेपालीलाई मर्माहत

स्वास्थ्य मन्त्री बस्नेतको पहलमा भूकम्प प्रभावितका लागि ४ वटा बस नि: शुल्क

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको पहलमा राजधानीमा बसोबास गरिरहेका जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित व्यक्तिहरुका लागि ४ वटा बस नि:शुल्क गरिएको छ । स्वास्थ्य मन्त्री बस्नेतको आग्रहमा पुर्व अरनिको यातायतले २ वटा बस जाजरकोटका लागि र २ बस पश्चिम रुकुमका लागि नि:शुल्क उपलब्ध गराएको जानकारी दिएको छ

भूकम्प प्रभावित क्षेत्रको अवलोकन र उद्धारमा प्रधानमन्त्री (फोटो फिचर)

काठमाडौः प्रधानमन्त्री प्रचण्ड बिहानै स्वास्थ्यकर्मीको टोली लिएर भूकम्प प्रभावित क्षेत्रमा जानूभएको हो । त्यहाँ उहाँले स्थलगत अवलोकन गर्दै हुनुहुन्छ ।

नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ:अमेरिकी दूतावास

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गर्दै आवश्यक सहयोगका लागि तयार रहेको पनि जनाएको छ । ‘ दूतावासले सामाजिक सञ्जालमा लेख्दै भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ '।

भूकम्पका घाइतेलाई उपचार गर्न भेरी अस्पताल तयारी अवस्थामा

१८ ,कात्तिक ,जानकी (बाँके) । जाजरकोट केन्द्रविन्दु बनाएर गए राति गएको भूकम्पमा परी घाइते भएकाको उपचार व्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूकम्पमा परी घाइते भएकाको उपचार व्यवस्था मिलाउन भेरी अस्पताललाई प्राविधिक रुपमा पूर्णतयारी गरिएको छ । “अस्पताललाई उपचारका लागि

राहत र पुनःस्थापनामा जुट्न राष्ट्रियसभाका अध्यक्षको आग्रह

१८ ,कात्तिक ,काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूकम्पमा कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा भएका घाइतेहरुको राहत र उद्धारमा जुट्न आग्रह गरेका छन् । अध्यक्ष तिमिल्सिनाले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त स्थानमा राहत र उद्धारका लागि सरकार, सबै राजनीतिक दल, सुरक्षा निकाय र नागरिक समाजलाई आग्रह गरिएको छ

तत्काल उद्धारमा जुटन सभामुखको अनुरोध

१८ ,कात्तिक ,काठमाडौँ । सभामुख देवराज घिमिरेले जाजरकोटमा गए राति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धारमा जुट्न अनुरोध गरेका छन् । उनले उद्धार र राहतमा सक्रियरुपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गरेका हुन् । सभामुख घिमिरेले

‘साझेदारीबाटै आन्तरिक पर्यटन बढाउन सकिन्छ’

१८ ,कात्तिक ,इटहरी (सुनसरी) । ‘जाउँ है पोखरा’ अभियानका साथ होटेल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा पूर्वी नेपालका सहरमा पोखराको प्रवर्द्धन गर्न बिहीबारदेखि निस्किएको टोली विराटनगर आइपुुगेको छ । आन्तरिक पर्यटनको प्रवर्द्धनको लक्ष्यका साथ २० वर्ष अघि होटेल सङ्घ पोखराले पूर्वी नेपालको इलामबाट ‘जाउँ है पोखरा’ अभियान सुरु

सम्वन्धित समाचारहरु