Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

स्वास्थ्य मन्त्री बस्नेतको पहलमा भूकम्प प्रभावितका लागि ४ वटा बस नि: शुल्क


काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको पहलमा राजधानीमा बसोबास गरिरहेका जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित व्यक्तिहरुका लागि ४ वटा बस नि:शुल्क गरिएको छ ।

स्वास्थ्य मन्त्री बस्नेतको आग्रहमा पुर्व अरनिको यातायतले २ वटा बस जाजरकोटका लागि र २ बस पश्चिम रुकुमका लागि नि:शुल्क उपलब्ध गराएको जानकारी दिएको छ । पुर्व अरनिको यातायतका अध्यक्ष केदार क्षेत्रीले स्वास्थ्य मन्त्री बस्नेतको आग्रहपछि समाजिक उत्तरदायित्व अन्तरगत समितिले ४ वटा बस नि:शुल्क उपलब्ध गराएको बताए ।

भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुमका व्यक्ति आर्थिक अभावले घर जान नसकेको अवस्था भए सम्पर्क गर्न पनि पुर्व अरनिको यातायतले आग्रह गरेको छ । जाजरकोट र पश्चिम रुकुममा हिजो राती आएको भूकम्पमा परेर अहिलेसम्म १२० भन्दा बढीले ज्यान गुमाइसकेको छ ।


प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?