Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

‘साझेदारीबाटै आन्तरिक पर्यटन बढाउन सकिन्छ’


१८ ,कात्तिक ,इटहरी (सुनसरी) । ‘जाउँ है पोखरा’ अभियानका साथ होटेल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा पूर्वी नेपालका सहरमा पोखराको प्रवर्द्धन गर्न बिहीबारदेखि निस्किएको टोली विराटनगर आइपुुगेको छ ।

आन्तरिक पर्यटनको प्रवर्द्धनको लक्ष्यका साथ २० वर्ष अघि होटेल सङ्घ पोखराले पूर्वी नेपालको इलामबाट ‘जाउँ है पोखरा’ अभियान सुरु गरेकोमा त्यसयता प्रत्येक वर्ष नेपालका विभिन्न सहरमा यो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

पाँच दिने कार्यक्रममा पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा जनप्रतिनिधिसहितको टोलीले बर्दिवास, जनकपुर, इटहरीलगायतका स्थानमा यहाँका पर्यटन व्यवसायीसँग छलफल एवं अन्तरक्रिया गरेको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

“सूूर्यादयको स्थल भनेर चिनिने पूर्वी नेपालबाट सुरु भएको यस अभियानलाई पुनः अहिले पूर्वमा नै सञ्चालन गर्न आइपुुगेका छौँ”, उनले भने, “यस क्षेत्रका पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत पर्यटकलाई पूर्व पठाउने हाम्रो अभियान हो ।”

पूर्वी नेपालका विभिन्न सहरबाट पोखरासम्म सीधा हवाई उडान तथा स्तरीय बस सेवा सञ्चालनका लागि सबैको पहल र सक्रियता आवश्यक रहेको उनले बताए । कोभिड प्रभावित पर्यटनको पुनःउत्थान पनि अभियानको लक्ष्य छ ।

कोरोना महामारी जारी रहेका अवस्थामा २०७८ फागुनमा बुटवल, हेटौँडा, वीरगञ्ज, र चितवनमा पनि ‘जाउँ है पोखरा’ अभियान सञ्चालन भएको सुवेदीले बताए ।

इटहरीमा आयोजित कार्यक्रममा जिल्ला होटेल तथा पर्यटन व्यवसायी सङ्घ इटहरी सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको बताए । आन्तरिक पर्यटनमा पर्यटकीय सहरबीच एकापसमा समन्वय एवं साझेदारी आवश्यक हुने बताउँदै उनले आफूूहरू पोखरासँग पर्यटकीय साझेदारी बढाउन तयार रहेको बताए ।

पूर्वी नेपालका इलाम, पाथीभरा, वसन्तपुरलगायतका धेरै गन्तव्यमा पर्यटकीय गतिविधि बढ्दा त्यसले इटहरीलगायत सहरमा पर्यटन बढ्ने उनको भनाइ छ ।

भाइचारा र व्यावसायिक एकताबाट आन्तरिक पर्यटनलाई चलायमान बनाउन सकिने बताउँदै उनले यस्ता कार्यक्रमले एक आसपासमा फाइदा पुर्याउने विश्वास व्यक्त गरे ।

राज्यले पर्यटन व्यवसायलाई उद्योगसरह सहुलियत दिनुपर्ने आवश्यकता औँल्याउँदै उनले राज्यले हेर्ने नजर अझै पर्यटनमैत्री बन्न नसकेको अनुुभुति गरिएको धारणा राखे । नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाहले विभिन्न कारणले बोर्डका निर्णयमा हुने गरेका ढिलासुस्तीलगायतका कारणले बोर्डको प्रभावकारितामा प्रश्न उठे पनि निराश हुनुपर्ने अवस्था नरहेको तर्क गरे ।

बोर्डले व्यवसायीको हितमा नै हुने गरी बजेट विनियोजन गरेको बताउँदै उहाँले यसको प्रभावकारी कार्यान्वयनमा लागिने उल्लेख गरे । पोखराको पर्यटन प्रवर्द्धनका लागि यस आर्थिक वर्षमा रु साढे पाँच करोड विनियोजन गरिएको बताउँदै उनले यस वर्ष भारत, बङ्गलादेश र चीनमा प्रवर्द्धनलाई जोड दिइएको जानकारी दिए ।

होटेल तथा लज व्यवस्थापन समिति इटहरीका अध्यक्ष उमेश दहालले आफूहरू पोखरासँगको पर्यटकीय साझेदारी बढाउन इच्छुक रहेको धारणा राखे । विभिन्न स्थानमा गरिएका छलफल एवं अन्तरक्रियामा पोखराको पर्यटकीय गतिविधि समेटिएका भिडियोलगायतका सामग्री प्रदर्शन गरिएको थियो ।

उक्त क्रममा आन्तरिक पर्यटन प्रवर्द्धनकै लागि सङ्घले फेवा नव वर्ष महोत्सव, भाइटीका महोत्सव, खाना महोत्सव सञ्चालन गर्दै आइएको र आगामी मङ्सिर ९ गते अन्तर्राष्ट्रिय पोखरा क्रस कन्ट्री रेस गर्न लागिएको जानकारी गराइयो ।

बाह्य पर्यटन प्रवर्द्धनका लागि सङ्घले भारतीय सहरमा ‘चलिए पोखरा’ अभियान सञ्चालन गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा हुने विभिन्न ट्राभल मार्टमा सहगागिता जनाउँदै आएको सुवेदीको भनाइ छ ।

पोखरामा बञ्जी जम्पिङ, जीप लाइनिङ, विभिन्न मठमन्दिरमा सन्ध्याकालीन आरती, केबुलकार, प्याराग्लाइडिङ, अल्ट्रालाइट, क्यानोनिङलगायतका पर्यटकीय गतविधि सञ्चालन भइरहेको जानकारी गराउँदै उनले नेचर, कल्चर र एडभेन्चर सबै दृष्टिबाट पोखरा पुुग्नैपर्ने गन्तव्य भएको बताए ।

प्रवर्द्धन टोली धनकुटासम्म पुगी यही कात्तिक २० गते पोखरा फर्कने कार्यक्रम रहेको सङ्घका कोषाध्यक्ष नेत्रप्रसाद पौडेल (रमेश)ले जानकारी दिए ।


प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?