१३ जेठ, काठमाडाैँ । भारतको बैंगलौरका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाज पुनः फकाईएको छ । अपरान्ह १ः३० मिनेटमा बैगलौरका लागि उडान भरेको एयरलाइन्सको जहाज पुनः नेपालतर्फ फर्किएको हो । त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार जहाज विमानस्थलमा अवतरण गरिसकेको छ । जहाजमा चरा ठोक्किएको आशंकामा प्राबिधिक निरक्षण जारी छ
१३ जेठ, सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए । उनका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्ट शुक्रबार लेक लागेर बिरामी परेका
१३ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छिन् । अध्ययनमा व्यस्त रहेकी उनले करिब एक वर्षको अन्तरालपछि नयाँ गीत ‘आँखामा गाजल’ ल्याएकी हुन् । उनको पछिल्लो गीत ‘हो हो नि माया हो’ चर्चित भएको थियो । रोमान्टिम शैलीमा गाइएको ‘आँखामा गाजल’मा राजनराज
१३ जेठ, रूपन्देही । रुपन्देहीको ग्रामीण क्षेत्र अमवामा आँखा उपचार केन्द्र स्थापना भएको छ । नेपाल नेत्र ज्योति सङ्घ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र मर्चवारी गाँउँपालिकाको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो । आँखासम्बन्धी सेवा प्रदान गर्न मर्चवारी गाउँपालिकामा–२ अमवामा आँखा उपचार केन्द्र स्थापना गरिएको हो
१३ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ। यही फुलेका जलकुम्भीका कारण यतिबेला यहाँ फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भिड देखिन्छ। पहिले फाट्टफुट्ट आउने आन्तरिक पर्यटक अहिले दिनमै सयौँको सङ्ख्यामा आउन थालेका छन्। जलकुम्भीले आन्तरिक पर्यटकको चहलपहल त बढाएको छ
१३ जेठ, चितवन । जिल्लामा पालिएका दुई हजार छ सय ७४ गाईभैँसीमा लम्पिस्किनको समस्या देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लाका सात पालिकामा गाईभैँसीमा लम्पिस्किनको समस्या देखिएको हो । कार्यालयका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यका अनुसार जिल्लामा सबैभन्दा बढी प्रभावित राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका
१३ जेठ, कालिकोट । नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालीकोटमा एफटिटिएच सेवा ‘एनटी फाइबर’ को शुभारम्भ गरेको छ । एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी जुम्ला र कालीकोट क्षेत्रका सेवाग्राहीलाई एउटै तारबाट एचडी गुणस्तरको आवाजसहित टेलिफोन सेवा पुर्याउने उद्देश्यले ‘एनटी फाइबर’ को शुभारम्भ गरिएको हो । एउटै तारबाट एचडी
१३ जेठ, एजेन्सी । युरोपेली जनगणना ब्युरोले जनाएअनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन दिएका छन् । खामा प्रेस अनुसार यसरी शरण आवेदनहरू दिने एकै महिनाको यो आकँडा उच्च हो। युरोपेली जनगणना ब्युरोका अनुसार चालु वर्षको शुरुमा युरोपेली संघका सदस्य राष्ट्रहरूमा शरणार्थीको
१३ जेठ, काठमाडाैँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सबै महिलाहरुलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउन सरकारसँग आग्रह गरेकी छन् । शनिबार एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपसभामुख रानाले सेनिटरी प्याडको आवश्यक व्यवस्था मिलाउन छुट्टै राष्ट्रिय योजना, कार्यक्रम र बजेट हुनुपर्ने बताएकी हुन् । त्यस अवसरमा
१३ जेठ, गलेश्वर । समयमा नै पानी नपर्दा ढिलो गरी मकै रोपेका म्याग्दीका किसान मकै उम्रेदेखि नै फौजी किरोको प्रकोप देखिएपछि उत्पादन घट्ने चिन्तामा छन् । विगतका वर्षको तुलनामा यसवर्ष म्याग्दीमा मकैको उत्पादन घट्ने चिन्ताले किसान निराश बनेका हुन् । जिल्लाको पश्चिमी, उत्तरी, कालीगण्डकी र म्याग्दी नदी तटीय क्षेत्रका किसानले लगाएको