Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

स्वास्थ्य क्षेत्र सुधार गर्न समय लाग्दैन : मन्त्री बस्नेत


८ असार, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले इमान्दारिताका साथ काम गर्ने हो भने स्वास्थ्य क्षेत्रमा सुधार गर्न समय नलाग्ने बताएका छन् । मन्त्रालयले आज नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ सार्वजनिक गरेको कार्यक्रममा उनले इमान्दारिताका साथ काम गरेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सकिने बताए ।

उनले सर्वेक्षणले केही स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गइरहेको देखाएको भन्दै इमान्दारिताका साथ काम गर्ने हो भने स्वास्थ्य क्षेत्रमा सोचेजस्तो सुधार हुने बताए । उनले सर्वेक्षणले मातृ मृत्युदर घटाउन सफल भएको र बाल मृत्युदर पनि घटाउने प्रयास देखिएको बताए ।

मन्त्री बस्नेतले मन्त्रालयले नयाँ–नयाँ काम गरिरहेको उल्लेख गर्दै आजदेखि वीर अस्पतालमा क्याविनबाहेकका शय्या निःशुल्क गरिएको जानकारी दिए । उनले पुरानो अस्पताललाई जनताको अस्पताल बनाउनका लागि निःशुल्क गरिएको बताए ।

मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा लगाइने कर बढाउने तयारी गरिएकोसमेत बताए । सुर्तीजन्य पदार्थमा बढेको करबाट गरिबी, असहाय बिरामीको उपचार गर्ने उनको भनाइ रहेको छ ।

यस्तै उनले बाढी, पहिरोजस्ता आकस्मिक अवस्थामा उपचार गर्नका लागि आकस्मिक कोष स्थापना आवश्यक रहेको बताए । सरकारले राम्रो कार्ययोजना, रणनीति बनाउन सके दातृ निकायले नेपाललाई सहयोग गर्नेसमेत बताए ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति कालुराम राईले मन्त्रालयले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अग्रसर हुनुपर्ने बताए । उनले समितिले मन्त्रालयका काम–कारबाहीलाई नजिकबाट हेरेर आवश्यक सुझावसमेत दिने बताए ।

सर्वेक्षण २०२२ प्रस्तुत गर्दै मन्त्रालयका नीति तथा योजना महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले सर्वेक्षणमा स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि भएको देखिए पनि स्वास्थ्यका केही क्षेत्र अझ पनि स्थिर रहेको र तिनलाई पूरा गर्ने प्रयास गर्नुपर्ने बताए ।

उनका अनुसार सर्वेक्षणको नतिजाले नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको देखिएको छ । सर्वेक्षणमा ९४ प्रतिशत गर्भवती महिला दक्ष स्वास्थ्यकर्मीबाट गर्भवती सेवा लिएका छन् । यस्तै पाँच वर्षमुनिका बाल मृत्युदर घटेको छ ।


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?