Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

कम्युनिष्ट पार्टीहरूबीच एकता आवश्यक छ : झलनाथ खनाल


८ असार, काठमाडाैँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा रहेका कम्युनिष्ट पार्टीहरूबीचको एकता हुनुपर्ने आवश्यकता औँल्याएका छन् । नेकपा (एकीकृत समाजवादी) को सम्पर्क विभागले यहाँ आज आयोजना गरेको कार्यक्रममा समाजवादीका सम्मानित नेता खनालले कम्युनिष्ट पार्टीहरू विभाजित हुँदा मुलुकमा राजनीतिकसँगै सांस्कृतिक सङ्कट बढ्दै गएको टिप्पणी गर्दै कम्युनिष्टबीचको एकताको आवश्यकता रहेको बताए ।

आगामी दिनमा संस्कृतिक सङ्कट निम्तिनेतर्फ सचेत हुन आग्रह गर्दै उनले भने, “बितेका तीन/चार वर्षको बीचमा गाउँ–गाउँमा डरलाग्दो ढङ्गले धर्म परिवर्तन र चर्चका भवन बनिरहेका छन्, हाम्रा सामु सांस्कृतिक सङ्कट डरलाग्दो ढङ्गले बढेको छ ।” गाउँगाउँमा चर्चका भवन निर्माण भइरहेकोप्रति जिज्ञासा राख्नै उनले भने, “साढे आठ हजार चर्च कसरी बने ? नेपालमा हिन्दूको लागि कोष छ, बुद्धिष्टको लागि कोष छ तर, क्रिश्चियनका छैन तर पनि संरचना बनेको बन्यै छन् कसरी ?”


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?