Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कम्युनिष्ट पार्टीहरूबीच एकता आवश्यक छ : झलनाथ खनाल


८ असार, काठमाडाैँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा रहेका कम्युनिष्ट पार्टीहरूबीचको एकता हुनुपर्ने आवश्यकता औँल्याएका छन् । नेकपा (एकीकृत समाजवादी) को सम्पर्क विभागले यहाँ आज आयोजना गरेको कार्यक्रममा समाजवादीका सम्मानित नेता खनालले कम्युनिष्ट पार्टीहरू विभाजित हुँदा मुलुकमा राजनीतिकसँगै सांस्कृतिक सङ्कट बढ्दै गएको टिप्पणी गर्दै कम्युनिष्टबीचको एकताको आवश्यकता रहेको बताए ।

आगामी दिनमा संस्कृतिक सङ्कट निम्तिनेतर्फ सचेत हुन आग्रह गर्दै उनले भने, “बितेका तीन/चार वर्षको बीचमा गाउँ–गाउँमा डरलाग्दो ढङ्गले धर्म परिवर्तन र चर्चका भवन बनिरहेका छन्, हाम्रा सामु सांस्कृतिक सङ्कट डरलाग्दो ढङ्गले बढेको छ ।” गाउँगाउँमा चर्चका भवन निर्माण भइरहेकोप्रति जिज्ञासा राख्नै उनले भने, “साढे आठ हजार चर्च कसरी बने ? नेपालमा हिन्दूको लागि कोष छ, बुद्धिष्टको लागि कोष छ तर, क्रिश्चियनका छैन तर पनि संरचना बनेको बन्यै छन् कसरी ?”


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?