Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

वीर अस्पतालका ७ सय शय्या आजदेखि बिरामीका लागि निःशुल्क


८ असार, काठमाडाैँ । वीर अस्पतालमा आजदेखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए ।

उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शय्याको व्यवस्था गरिएको बताए । उनका अनुसार अस्पतालले सात सय साधारण शय्या निःशुल्क गरिएको छ ।

मन्त्रालयको पहलमा शय्यावापत आउने पैसाको सोधभर्ना गर्नेगरी सर्वसधारणका लागि निःशुल्क गरिएको निर्देशक डा पौडेलले जानकारी दिए । यसअघि प्रतिदिन रु दुई सय शय्यामा शुल्क लाग्ने गरेको थियो । अस्पतालमा क्याविन, सघन उपचारकक्ष (आइसीयू) गरी नौ सय ६० शय्या रहेका छन् ।


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?