Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

रत्ननगरमा नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम


९ असार ,रत्ननगर । चितवनको रत्ननगर नगरपालिकामा नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम शुभारम्भ भएको छ । उद्यमी बन्न चाहेका नगरवासीमध्येबाट पहिलो चरणमा छनोट गरिएका ३८ जनालाई नेपाल बैंकसँगको सहकार्यमा रु तीन लाखका दरले ‘चेक’ हस्तान्तरण गर्दै कार्यक्रमको थालिएकोे हो ।

सो अवसरमा नगरप्रमुख प्रलाद सापकोटाले आर्थिक अवस्था कमजोर भएकालाई पहिलो प्राथमिकता दिँदै उद्यमशीलता प्रवर्द्धन गर्न चेक हस्तान्तरण गरिएको बताए । उनले उद्यमीले इमान्दारिताका साथ व्यवसाय सञ्चालन गरे थप लगानी गर्ने वातावरण मिलाउन आफू तयार रहेको जानकारी दिए । “हामी उद्यमीलाई राजनीतिक आँखाले हेर्दैनौँ, प्राथमिकताका आधारमा छनोट गर्छौं”, उनले भने, “एकल महिला, सीमान्तकृत, अल्पसङ्ख्यक र दलित महिलालाई पहिलो प्राथमिकता दिएका छौँ ।”

कार्यक्रममा नेपाल बैंक लिमिटेड टाँडी शाखाका प्रमुख सरोज खनालले उद्यमशीलता कार्यक्रममा जोडिएका उद्यमीले उदाहरणीय काम गरेर देखाउनुपर्ने चुनौती रहेको बताए । बैंकले नगरपालिकासँग समन्वय गरी आवश्यक छनोट प्रक्रिया पूरा गरेपछि तीन वर्षका लागि रु तीन लाख ऋण लगानी गर्ने र सो ऋणको ब्याज नगरपालिकाले बुझाउने सहमति गरिएको उनको भनाइ छ ।

उद्यमीले प्राप्त गरेको ऋणको हरेक तीन महिनामा रु २५ हजारका दरले किस्ता घटाउँदै तीन वर्षभित्र तिरिसक्नुपर्ने जनाइएको छ । रत्ननगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्माले उद्यमशीलताबिना विकास हुन नसक्ने जनाउँदै उद्यमीले राम्रो गर्न सकेमात्र नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम थप विस्तार हुने बताए ।

कार्यक्रममा उद्यमशीलता कार्यक्रममा छनोट भएका ३८ उद्यमीलाई नेपाल बैंक लिमिटेड टाँडी शाखाका कर्जा प्रमुख दीपेन्द्र अधिकारीले वित्तीय व्यवस्थापनबारे प्रशिक्षण दिएका थिए ।


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?