Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

रत्ननगरमा नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम


९ असार ,रत्ननगर । चितवनको रत्ननगर नगरपालिकामा नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम शुभारम्भ भएको छ । उद्यमी बन्न चाहेका नगरवासीमध्येबाट पहिलो चरणमा छनोट गरिएका ३८ जनालाई नेपाल बैंकसँगको सहकार्यमा रु तीन लाखका दरले ‘चेक’ हस्तान्तरण गर्दै कार्यक्रमको थालिएकोे हो ।

सो अवसरमा नगरप्रमुख प्रलाद सापकोटाले आर्थिक अवस्था कमजोर भएकालाई पहिलो प्राथमिकता दिँदै उद्यमशीलता प्रवर्द्धन गर्न चेक हस्तान्तरण गरिएको बताए । उनले उद्यमीले इमान्दारिताका साथ व्यवसाय सञ्चालन गरे थप लगानी गर्ने वातावरण मिलाउन आफू तयार रहेको जानकारी दिए । “हामी उद्यमीलाई राजनीतिक आँखाले हेर्दैनौँ, प्राथमिकताका आधारमा छनोट गर्छौं”, उनले भने, “एकल महिला, सीमान्तकृत, अल्पसङ्ख्यक र दलित महिलालाई पहिलो प्राथमिकता दिएका छौँ ।”

कार्यक्रममा नेपाल बैंक लिमिटेड टाँडी शाखाका प्रमुख सरोज खनालले उद्यमशीलता कार्यक्रममा जोडिएका उद्यमीले उदाहरणीय काम गरेर देखाउनुपर्ने चुनौती रहेको बताए । बैंकले नगरपालिकासँग समन्वय गरी आवश्यक छनोट प्रक्रिया पूरा गरेपछि तीन वर्षका लागि रु तीन लाख ऋण लगानी गर्ने र सो ऋणको ब्याज नगरपालिकाले बुझाउने सहमति गरिएको उनको भनाइ छ ।

उद्यमीले प्राप्त गरेको ऋणको हरेक तीन महिनामा रु २५ हजारका दरले किस्ता घटाउँदै तीन वर्षभित्र तिरिसक्नुपर्ने जनाइएको छ । रत्ननगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्माले उद्यमशीलताबिना विकास हुन नसक्ने जनाउँदै उद्यमीले राम्रो गर्न सकेमात्र नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम थप विस्तार हुने बताए ।

कार्यक्रममा उद्यमशीलता कार्यक्रममा छनोट भएका ३८ उद्यमीलाई नेपाल बैंक लिमिटेड टाँडी शाखाका कर्जा प्रमुख दीपेन्द्र अधिकारीले वित्तीय व्यवस्थापनबारे प्रशिक्षण दिएका थिए ।


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?