Trending
>>   चितवन–३ मा सोबिता गौतमको अग्रता दोब्बर ,पछ्याउदै रेणु >>   मुस्ताङ–१ बाट नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी >>   रास्वपाका विराज भक्त श्रेष्ठले लिए फराकिलो अग्रता >>   रास्वपाका गणेश पराजुलीले लिए फराकिलो अग्रता >>   भक्तपुर–२ मा राजीव खत्री दोब्बर मतले अगाडी,पछ्याउदै एमालेका महेश बस्नेत >>   काठमाडौं–३ मा राजुनाथ पाण्डेको अग्रता कायमै,पछ्याउदै कुलमान >>   रास्वपाले खोल्यो खाता,काठमाडौँ–१ बाट रञ्जु दर्शना विजयी >>   झापा–५ मा बालेन्द्र शाहको दोब्बर फराकिलो अग्रता: पछ्याउदै केपी ओली >>   काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेलले लिए फराकिलो मतले अग्रता >>   काठमाडौं–१ मा रञ्जु न्यौपानेको फराकिलो अग्रता
Logo
२२ फाल्गुन २०८२, शुक्रबार
२२ फाल्गुन २०८२, शुक्रबार

समाचार


नेपाल फर्किँदै प्रधानमन्त्री प्रचण्ड, राज्यमन्त्रीले गरिन् बिदाइ

२० जेठ, नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश प्रस्थान गरेका छन् । नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थमा भारतीय विदेशमन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले उनलाई बिदाइ गरे । भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए

प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता

२० जेठ, काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदै छन् । प्रधानमन्त्री दाहाल नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गरेका थिए । पदभार ग्रहण गरेपछिको प्रधानमन्त्री दाहालको यो पहिलो भारत भ्रमण हो

मदिरा उत्पादकदेखि बिक्रेतासम्मको लाइसेन्स र नवीकरण दस्तुर बढ्यो

२० जेठ, काठमाडाैँ । सरकारले आर्थिक विधेयक, २०८० मार्फत मदिरा र सूर्तीजन्य वस्तुको उत्पादक, वितरक तथा बिक्रेताको इजाजतपत्र (लाइसेन्स) र नवीकरण दस्तुर बढाएको छ । आर्थिक विधेयकमार्फत अन्तःशुल्क नियमावली, २०७९ मा भएको संशोधन तथा परिमार्जनबारे आन्तरिक राजस्व विभागले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार स्प्रिट, बियर, इथानोल र अन्य मरिदा उत्पादन गर्ने प्रतिष्ठानको

दोषी ठहरिए माओवादी पार्टीकै नेता भए पनि कारबाही गर्छु : गृहमन्त्री श्रेष्ठ

२० जेठ, काठमाडाैँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन् । शनिबार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा गरी दोषीमाथि

पश्चिमी अस्ट्रेलियामा ८०० किलो कोकिन बरामद, तीन पक्राउ

२० जेठ, सिड्नी । अस्ट्रेलियाको सङ्घीय प्रहरीले शुक्रबार आठ सय किलोग्रामभन्दा बढी कोकिन बरामाद गरेको छ । सो लागू पदार्थ तस्करी गर्ने प्रयास गर्ने अन्तरराष्ट्रिय अपराध सिन्डिकेटसँग सम्बन्धित तीन जना पुरुषलाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार मे २४ मा पश्चिमी अस्ट्रेलिया प्रहरी बल र स्वयंसेवी समुद्री उद्धार सेवाले २२ किलोमिटर

समृद्ध नेपाल बनाउने आँट म बाहेक कसैले गरेन : केपी ओली

२० जेठ, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ बनाउने आँट कसैले पनि गर्न नसकेको बताएका छन् । अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपालः सुःखी नेपाली’ को नारा कसैले लगाउन नसकेको बताए । पार्टीको विज्ञान तथा प्रविधि विभागले

‘लू’बाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध

२० जेठ, काठमाडाैँ । देशका तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक : सभापति थापा

२० जेठ, काठमाडाैँ । नेपाली कांग्रेस भक्तपुरका सभापति एवं भक्तपुर क्षेत्र नं २ का सङ्घीय सांसद दुर्लभ थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण नेपालका लागि निकै उपलब्धिमूलक भएको बताएका छन् । नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलनको तयारीबारे आफ्नै निवासमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद थापाले भने, “प्रधानमन्त्रीको भारत

झुलाघाटमा पक्की पुल बन्ने निर्णयले बैतडीमा खुसियाली

२० जेठ, बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल निर्माण हुने आशा पलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नयाँदिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाट नाकामा मोटरेबल पुल निर्माण गरिने बताएपछि यहाँका नागरिकमा आशा पलाएको हो । नेपालको सुदूरपश्चिम क्षेत्रको कनेक्टीभिटीलाई

आयआर्जन गर्दै महिला कैदीबन्दी

२० जेठ, तनहुँ । तनहुँ कारागारमा रहेका महिला कैदीबन्दी पछिल्लो समय आयआर्जनमा लागेका छन् । सुरुआतमा कारागारमा रहेका १६ मध्ये पाँच महिला कैदीबन्दीले तानबाट झोलाको कपडा बुनेर आम्दानी गर्न थालेका थिए । हाल कारगारका अन्य महिला कैदीबन्दीले पनि उनीहरुकै सिको गरिरहेका छन् । कपडा बुन्न आवश्यक कच्चापदार्थ, तानलगायतको व्यवस्था मिलाएको कारागारकी

सम्वन्धित समाचारहरु