३ भदाै, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पाैडेल महराजगञ्जस्तिथ त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।आइतबार बिहान महराजगञ्जस्तिथ त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर ट्रास्सप्लान्ट सेन्टरमा पुगेर उनले नियमित स्वास्थ्य परीक्षण गराएका हुन् । उनले त्यहाँ मुटुको परीक्षण गरेको बताइएको छ । उनी भारतबाट उपचार गराएर फर्किएपछि करीब हप्ता अस्पताल भर्ना भइ उपचार
३ भदाै, काठमाडौँ । नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका छन् । शनिबार दक्षिण कोरियाली खेलाडी चाङ ओन याङलाई हराउँदै उनी च्याम्पियन बनेका हुन् । ‘हिमालय चितुवा’का रुपमा विश्व प्रसिद्ध घिमिरेले दक्षिण कोरियाली खेलाडी याङलाई किक बक्सिङ प्रतियोगितामा नकआउट
३ भदाै, काठमाडाैँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उपभोक्ताको भान्सामा मरेका कुखुराको मासु पुगिरहेको ब्रिफिङ गराइएको छ । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा पशु सेवा विभागकी उपमहानिर्देशक डा. प्रेरणा सेढाईं भट्टराईले उपभोक्ताको भान्सामा मरेका कुखुराको मासु प्याकिङ गरेर पुर्याउने काम भइरहेको जानकारी गराएकी हुन् । उनले निरीक्षणका क्रममा मरेका कुखुराको मासु बिक्री भइरहेको
३ भदाै, काठमाडाैँ । सङ्घीय संसद्मा देखा परेको गतिरोधलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरुको बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज दिउँसो १२ः३० बजे बोलाइएको बैठकमा मुलुकमा देखापरेको पछिल्ला समस्याका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार
३ भदाै, काठमाडाैँ । काठमाडौं प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठलाई सुनुवाइका लागि बोलाउने संसदीय सुनुवाइ समितिको निर्णय गरेको छ । सचिव पद्म प्रसाद पाण्डेयका अनुसार भोलि सुनुवाइका लागि श्रेष्ठलाई बोलाइएको हो । समितिको आजको बैठकमा उजुरी खोलेर सांसदहरूलाई वितरण गरिएको छ । उजुरीकर्तासँग भोलि विहान साढे १० बजे छलफल गरेर त्यसपछि प्रस्तावित
३ भदाै, काठमाडाैँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको भोलि संसदीय सुनुवाइ गर्ने भएको छ । समितिको आजको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सवैधानिक परिषद्बाट सिफारिस भई आएकोमा उनको सोमबार संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो । उक्त पदमा उनलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित
३ भदाै, लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन भएको छ । एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा निधन भएको छ । राजधानी लिस्बनस्थित सेतेरियोस बस्दै आएका झापाको गौरादह नगरपालिका–३ का ३१ वर्षीय अजय थापाले बिहीबार साँझ चार
३ भदाै, काठमाडाैँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज साँझ बस्ने भएको छ । साँझ ६ बजेका लागि बैठक बस्ने तय भएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । आजको बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जनाइएको छ । बैठक नेकपा (एकीकृत
३ भदाै, डोल्पा । बालिका बलात्कार गरेको आरोपितमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एक बालिकालाई बलात्कार गरी फरार रहेका नौ जनामध्ये तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । फरार मध्य जगदुल्ला गाउँपालिका–५ माझ गाउँ बस्ने वर्ष २९ का धर्मराज बोहरा सल्यान कुमाख गाउँपालिका–५ काला गाउँ बस्ने वर्ष
३ भदाै, काठमाडाैँ । आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला १ लाख १० हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले