Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

समाचार


दुई महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च, एक खर्ब ५४ अर्ब राजस्व सङ्कलन

१ ,असोज ,काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा सरकारले रू एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख बराबर बजेट खर्च गरेको छ । सरकारले चालु आवका

सुरक्षाको माग गर्दै भगरागाउँवासी

१ ,असोज ,राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ भगरा गाउँमा अज्ञात समूहले लुटपाट मच्चाएपछि स्थानीयवासीले सुरक्षाको माग गरेका छन् । भगरा गाउँमा आइतबार राति हतियारसहित आएको १०/१२ जनाको समूहले धनबहादुर लामिछाने मगर र ओमप्रकाश मालीको घरमा घरमा लुटपाट गरेको राप्ती सोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले जानकारी दिए ।

नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु

१ ,असोज ,मध्यविन्दु (नवलपरासी) । नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो । आज दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा गैँडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन

स्वास्थ्यमन्त्रीको आश्वासनपछि चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिले तोड्यो अनशन

१ ,असोज ,काठमाडौँ । चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका पदाधिकारीहरूले अनशन तोडेका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा विगत ३८ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन बसिरहेका सङ्घर्ष समितिका पदाधिकारीहरूले आज अनशन तोडेका हुन् । मन्त्री बस्नेतले सङ्घर्ष समितिले उठाएका माग सम्बोधन गर्न सरकारले पहल गरिरहेको भन्दै चिकित्सा

प्रवासी नेपालीको समस्या सम्बोधन गर्न पहल भइरहेको छ : मन्त्री साउद

१ ,असोज ,वाशिङ्टन डिसी । परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा बस्ने नेपालीलाई विभिन्न प्रकारका सेवा सुविधा प्रदान गर्न दूतावास र नियोगहरूलाई थप सक्रिय बनाउन पहल भइरहेको बताएका छन् । उनले राहदानी, भिसालगायतका सुविधा प्रदान गर्न बाह्य स्रोत (आउट सोर्सिङ) समेत गरिने जानकारी दिए । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्युयोर्क

बिग्रिएको दुधवरी र मिठाइ बेच्ने टिपटपलाई २ लाख जरिवाना !

काठमाडौँ । उपभोग गर्ने म्याद गुज्रिएर विग्रिएको दुधवरी बेच्ने टिपटप समोसा पसललाई आज २ लाख रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं. १७ नघल रहेको पसलले खान नमिल्ने गरी विग्रिएको दुधबरी बेचेको गुनासो गर्दै उपभोक्ताले महानगर प्रहरी बलमा गुनासो टिपाएका थिए । बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ

बिपी साहित्य महोत्सवको तेस्रो दिनको स्थगित कार्यक्रम असोज ३ गते हुने

काठमाडौ : बिपी साहित्य महोत्सव भाद्र २४ र २५ गते दुई दिन सम्पन्न भएपछि संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनका कारण स्थगन भएको थियो । स्थगित भएको तेस्रो र अन्तिम दिन (भाद्र २६ गते) को कार्यक्रम संविधान दिवसको अवसरमा असोज ३ गते विहान १०ः३०

हात्ती रोक्न बाहुनडाँगीमा व्यावसायिक कागती खेती

१ ,असोज ,झापा ।  दैनिक हुल बाँधेर आउने जङ्गली हात्तीले धानबाली नष्ट गर्न थालेपछि बैकल्पिक खेतीका कागती खेती सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती सुरु गरेका हुन् । कम लगानी गर्दा पनि बढी आम्दानी हुने र हात्तीले नष्ट नगर्ने हुँदा कागती खेतीतर्फ किसान आकर्षित

प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

१ ,असोज ,काठमाडौँ । जलविद्युत् आयोजना निर्माण गर्नुभन्दा बढी समस्या उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि हुने गरेको छ । अधिकांश प्रसारण लाइनका आयोजना रुग्ण अवस्थामा छन् । कतिपय आयोजना सम्पन्न गर्न १३ वर्षसम्म लागेको छ । भरतपुर–बर्दघाट प्रसारण लाइन त्यसैको एउटा उदाहरण हो । माथिल्लो तामाकोशीलगायतका आयोजनाबाट उत्पादित बिजुली

दश प्रतिशत जापानी नागरिक ८० बर्षमाथिका वृद्ध

१ ,असोज ,एजेन्सी ।  जापानका १० प्रतिशतभन्दा बढी मानिस ८० वर्ष वा सोभन्दा बढी उमेर काटेको नयाँ आधिकारिक तथ्याङ्कले देखाएको छ । सोमबारको ‘रेस्पेक्ट फर एज्ड डे’ राष्ट्रिय बिदाको पूर्वसन्ध्यामा आइतबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कले हरेक दशमध्ये एक जना ८० वा सोभन्दा बढी उमेर समूहको रहेको देखाएको छ । जापानको

सम्वन्धित समाचारहरु