Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

बिग्रिएको दुधवरी र मिठाइ बेच्ने टिपटपलाई २ लाख जरिवाना !


काठमाडौँ । उपभोग गर्ने म्याद गुज्रिएर विग्रिएको दुधवरी बेच्ने टिपटप समोसा पसललाई आज २ लाख रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं. १७ नघल रहेको पसलले खान नमिल्ने गरी विग्रिएको दुधबरी बेचेको गुनासो गर्दै उपभोक्ताले महानगर प्रहरी बलमा गुनासो टिपाएका थिए । बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, ‘प्राप्त सूचनाका आधारमा अनुगमन भएको हो ।’

गुनासो आएपछि कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झा नेतृत्वको अनुगमन टोली पसलमा पुगेको थियो । फाटेको दुधमा दुधवरी बनाइएको पाइयो । पसलमा बस्ने व्यक्तिहरुमा शिष्टाचार थिएन । रुखो र अशिष्ट बोलीचाली थियो । निरीक्षण अधिकृत डा. झाले अवस्थाका विषयमा भन्नुभयो, ‘उचित तापक्रममा नराखेका कारण दुध फाटेको र त्यही फाटेका दुधमा मिठाइ बनाएको पाइएपछि कारवाही गरिएको हो ।’

झाकाअनुसार अनुगमनका क्रममा करिब ५ किलोग्राम विग्रिएको मिठाइ उत्पादक आफैँलाई नष्ट गर्न लगाइएको थियो । जरिवानासँगै मिठाइ पसलमा राखिने खानेकुरालाई तापक्रम मिलाएर भण्डारण तथा विक्री व्यवस्था मिलाउने, खानेकुराको गुणस्तर कायम गराउने, विग्रिएका सामग्री बजारमा पठाइएको भए फिर्ता ल्याएर नष्ट गर्ने निर्देशन दिइएको छ ।


प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?