Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

समाचार


डुम्रे–छिर्कन सडक कालोपत्रको चरणमा

तनहुँ। पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडकअन्र्तगत डुम्रे–छिर्कन छ किलोमिटर खण्ड कालोपत्रको चरणमा पुगेकोे छ । बन्दीपुर–१ नाहलापुलबाट व्यास–१२ छिर्कनसम्म कालोपत्रको तयारी गरिएकोे हो । यसअघि कात्तिकमा उक्त सडकमा एकतर्फी कालोपत्र गरिएको थियो अहिले अर्कोतर्फ कालोपत्र गर्न धमाधम गिट्टी राखिँदैछ । त्यसमाथि राखिएको ‘बेस’ सुकेपछि प्राइम कोट प्रयोग गरी कालोपत्र गरिनेछ । चाइना

आंशिक बदलीसहित हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले कोशी, मधेश, कर्णाली र सुदूर पश्चिम प्रदेशमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी

बागमती कलेजमा ‘विज्ञान तथा शैक्षिक प्रदर्शनी’

काठमाडौं । बागमती स्कुल/कलेजमा ‘विज्ञान तथा शैक्षिक प्रदर्शनी’ गरिएको छ । काठमाडौंको सुकेधारामा रहेको स्कुलमा शनिबार भएको कार्यक्रममा सामाजिक अभियन्ता एवं वैज्ञानिक डा. महावीर पुनको सहभागिता थियो । कार्यक्रममा पुनले विद्यार्थीहरुलाई घोकन्ते शिक्षाभन्दा पनि व्यवहारिक शिक्षा आवश्यक रहेको जनाएका छन् । उनले विद्यार्थीहरुलाई दैनिक जीवनमा आइपर्ने र समस्या समाधान गर्न

नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड सम्पन्न

काठमाडौँ । नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा २४ विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रम नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाको प्रमुख आतिथ्यतामा काठमाडौँको राष्ट्रिय नाचघर जमलमा भव्यताका साथ सम्पन्न

नारायणगढ–मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने

चितवन नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र

‘राजमहल’बाट फिल्ममा डेब्यु गर्दै चर्चित टिकटकर मिस पवि र सिम्रन पन्त

काठमाडौं। टिकटकबाट चम्किएका दुई मोडल मिस पवि (पवित्रा शाँकी) र सिम्रन पन्तले फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । सविनकुमार तोलांगीको आगामी फिल्म ‘राजमहल’बाट यी दुई टिकटकरले डेब्यु गर्न लागेका हुन् । अर्की टिकटकर सिम्रन पन्त यही फिल्मको लागि मुम्बईदेखि काठमाडौं आएकी छन् । टिकटकले दिलाएको लोकप्रियता देखेर निर्माताले फिल्ममा

टीआरसी विधेयकमा सहमतिबाटै निर्णय गरौं : कानुनमन्त्री गुरुङ

काठमाडाैं। कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाटै अगाडि बढाउनुपर्ने बताएका छन् । अल्पमत र बहुमतको प्रक्रियाबाट विवादित विषय टुङ्ग्याउने हतारो नगर्न समेत उनले संसदीय समितिलाई आग्रह गरेका छन् । उनका अनुसार कानुन समितिमा सहमति जुट्न बाँकी विधेयकका चार विषयमा शीर्ष तहमा छलफल भएको छ, तर

करिब ५४ हजार छ सय ३५ जनालाई टाइफाइडविरुद्धको खोप दिइने

जुम्ला।  जिल्लाका आठवटै स्थानीय तहका लक्षित जनसङ्ख्याको १६ देखि ४५ वर्ष उमेर समूहका करिब ५४ हजार छ सय ३५ जनालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ । सो खोपलाई अभियानका रूपमा सञ्चालन गर्नेबारे  जिल्लास्तरीय बैठक तथा अन्तक्र्रिया कार्यक्रममा जानकारी दिँदै जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले भने, “जिल्लामा पहिलो चरणमा यही

खाडी मुलुकमा महिला कामदार पठाउन लगाइएको प्रतिबन्ध तत्काल हटाउन सरोकारवालाको माग

काठमाडाैं। सरोकारवालाहरूले खाडी मुलुकमा महिलाहरूलाई घरेलु कामदारको रूपमा पठाउन लगाइएको प्रतिबन्ध तत्काल हटाउन सरकारसँग माग गरेका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२३ को अवसर पारेर शुक्रबार काठमाडाैंमा आयोजित घरेलु कामदारमा जानका लागि लगाइएको पूर्वशर्तहरु सम्बन्धी गालेमेच अन्तरक्रिया कार्यक्रममा उनीहरूले सो माग गरेका हुन् भने सो कार्यक्रममा श्रमविज्ञ रामेश्वर नेपालले नियन्त्रण

बालिकालाई यौनजन्य कार्यमा लगाएको अभियोगमा एक जना पक्राउ

काठमाडाैं। ग्राहकको रोजाइअनुसार बालिका उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा टोखा नगरपालिका–९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका–६ घर भएका २४ वर्षीय सुमन तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । नयाँबसपार्कमा रहेका विभिन्न होटल तथा गेष्टहाउसमा बालिकालाई ललाइफकाइ विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचनाका आधारमा

सम्वन्धित समाचारहरु