Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

बालिकालाई यौनजन्य कार्यमा लगाएको अभियोगमा एक जना पक्राउ


काठमाडाैं। ग्राहकको रोजाइअनुसार बालिका उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा टोखा नगरपालिका–९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका–६ घर भएका २४ वर्षीय सुमन तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
नयाँबसपार्कमा रहेका विभिन्न होटल तथा गेष्टहाउसमा बालिकालाई ललाइफकाइ विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाइएका चार जना बालिकालाई उद्धार गरी उक्त कार्यमा संलग्न सुमनलाई पक्राउ गरेको हो ।
त्यस्तै, आर्थिक अवस्था कमजोर भएका बालिकालाई ललाइफकाइ होटल/गेष्ट हाउसमा वेटर तथा सरसफाइको काममा लगाइदिने भन्दै वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको र पीडित बालिकालाई विगत पाँच महिनादेखि होटल/गेष्ट हाउसबाट बाहिरसमेत निस्कन नदिई जबर्जस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?