Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

‘राजमहल’बाट फिल्ममा डेब्यु गर्दै चर्चित टिकटकर मिस पवि र सिम्रन पन्त


काठमाडौं। टिकटकबाट चम्किएका दुई मोडल मिस पवि (पवित्रा शाँकी) र सिम्रन पन्तले फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । सविनकुमार तोलांगीको आगामी फिल्म ‘राजमहल’बाट यी दुई टिकटकरले डेब्यु गर्न लागेका हुन् ।

अर्की टिकटकर सिम्रन पन्त यही फिल्मको लागि मुम्बईदेखि काठमाडौं आएकी छन् । टिकटकले दिलाएको लोकप्रियता देखेर निर्माताले फिल्ममा लिएकोप्रति उनले खुसी व्यक्त गरिन् ।

उनी भन्छिन्, ‘टिकटक एक प्लाटफर्म मात्र हो । मनोरञ्जनको रुपमा मैले टिकटकलाई लिएर गइरहेको थिएँ । धन्यवाद टिकटक जसले मलाई पपुलारिटी दिएको छ ।’

त्यस्तै, फिल्मको घोषणा गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यी मिस पवि र सिम्रनले टिकटकलाई धन्यवाद दिंदै फिल्ममा काम गर्न लागेको जानकारी दिएका छन् । ‘अहिलेसम्म सोसल मिडिया र म्युजिकमा मात्र काम गरेको थिएँ,’ मिस पविको नामले चर्चित शाँकीले भनिन्, ‘मलाई आशा गरेर फिल्ममा लिनुभएको छ । राम्रो काम गर्न पाऊँ भन्नेमा आशावादी छु ।’

त्यस्तै, एक वर्षदेखि मुम्बईमा बस्दै आएकी सिम्रनले त्यहाँ नृत्य र अभिनय सिकेको बताइन् । ‘काम गर्न सक्छु भन्ने आशले यो फिल्ममा जोडिएको छु,’ उनले भनिन् । फिल्ममा उनीहरुको भूमिकाबारे बताइएको छैन ।

दरबारको कथावस्तुमा बन्न लागेको फिल्ममा सलोन बस्नेत, आँचल शर्मा, रमेश उप्रेती लगायतको अभिनय हुने जनाइएको छ ।

 


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?