Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

‘राजमहल’बाट फिल्ममा डेब्यु गर्दै चर्चित टिकटकर मिस पवि र सिम्रन पन्त


काठमाडौं। टिकटकबाट चम्किएका दुई मोडल मिस पवि (पवित्रा शाँकी) र सिम्रन पन्तले फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । सविनकुमार तोलांगीको आगामी फिल्म ‘राजमहल’बाट यी दुई टिकटकरले डेब्यु गर्न लागेका हुन् ।

अर्की टिकटकर सिम्रन पन्त यही फिल्मको लागि मुम्बईदेखि काठमाडौं आएकी छन् । टिकटकले दिलाएको लोकप्रियता देखेर निर्माताले फिल्ममा लिएकोप्रति उनले खुसी व्यक्त गरिन् ।

उनी भन्छिन्, ‘टिकटक एक प्लाटफर्म मात्र हो । मनोरञ्जनको रुपमा मैले टिकटकलाई लिएर गइरहेको थिएँ । धन्यवाद टिकटक जसले मलाई पपुलारिटी दिएको छ ।’

त्यस्तै, फिल्मको घोषणा गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यी मिस पवि र सिम्रनले टिकटकलाई धन्यवाद दिंदै फिल्ममा काम गर्न लागेको जानकारी दिएका छन् । ‘अहिलेसम्म सोसल मिडिया र म्युजिकमा मात्र काम गरेको थिएँ,’ मिस पविको नामले चर्चित शाँकीले भनिन्, ‘मलाई आशा गरेर फिल्ममा लिनुभएको छ । राम्रो काम गर्न पाऊँ भन्नेमा आशावादी छु ।’

त्यस्तै, एक वर्षदेखि मुम्बईमा बस्दै आएकी सिम्रनले त्यहाँ नृत्य र अभिनय सिकेको बताइन् । ‘काम गर्न सक्छु भन्ने आशले यो फिल्ममा जोडिएको छु,’ उनले भनिन् । फिल्ममा उनीहरुको भूमिकाबारे बताइएको छैन ।

दरबारको कथावस्तुमा बन्न लागेको फिल्ममा सलोन बस्नेत, आँचल शर्मा, रमेश उप्रेती लगायतको अभिनय हुने जनाइएको छ ।

 


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?