Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

बागमती कलेजमा ‘विज्ञान तथा शैक्षिक प्रदर्शनी’


काठमाडौं । बागमती स्कुल/कलेजमा ‘विज्ञान तथा शैक्षिक प्रदर्शनी’ गरिएको छ । काठमाडौंको सुकेधारामा रहेको स्कुलमा शनिबार भएको कार्यक्रममा सामाजिक अभियन्ता एवं वैज्ञानिक डा. महावीर पुनको सहभागिता थियो । कार्यक्रममा पुनले विद्यार्थीहरुलाई घोकन्ते शिक्षाभन्दा पनि व्यवहारिक शिक्षा आवश्यक रहेको जनाएका छन् ।

उनले विद्यार्थीहरुलाई दैनिक जीवनमा आइपर्ने र समस्या समाधान गर्न सक्ने खालको शिक्षा प्रदान गर्नुपर्ने सुझावसमेत दिए । ‘हामीले के शिक्षा दिइरहेका छौं, विद्यार्थीले त्यसलाई उपभोग गर्न सकिरहेका छन् कि छैनन् भन्नेमा ध्यान दिनुपर्नेछ,’ कार्यक्रममा सहभागी पुनले भने, ‘विद्यार्थीहरुलाई घोकन्ते विद्याभन्दा पनि सीपमूलक शिक्षा चाहिएको छ ।’ उनले यस्ता कार्यक्रम विद्यालयको पाठ्यक्रममै समावेश हुनुपर्नेमा जोड दिए ।

विद्यार्थीहरुले बनाएका विज्ञान प्रविधिको अवलोकन गर्दै उनले यस्तैखाले कार्यक्रम अन्य विद्यालयहरुमा पनि गरिनुपर्ने सुझाए । विद्यार्थीहरुले पनि आफूले बनाएका सामग्रीहरुबारे कार्यक्रममा सहभागी भएकाहरुलाई जानकारी गराएका थिए ।

गणित तथा विज्ञानसँग सम्बन्धित ५२ वटा स्टलसम्मै पुगेर वैज्ञानिक पुनले विद्यार्थीहरुलाई हौसला प्रदान गरेका थिए । वैज्ञानिक पुन र बागमती फाउन्डेसनका अध्यक्ष डा. सुरेन्द्र सिटौलाले सामूहिक रुपमा ‘विज्ञान तथा शैक्षिक प्रदर्शनी’ को शुभारम्भ गरेका थिए ।

बागमती कलेजका निर्देशक अश्मिन सिटौलाले प्रविधिमैत्री शिक्षामा जोड दिँदै विद्यार्थीमा रहेको अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गर्न संस्था सदैव तयार हुने प्रतिबद्धता जनाए । कार्यक्रममा बागमती कलेजले राष्ट्रिय आविष्कार केन्द्रलाई २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

विद्यार्थी तथा अभिभावकहरु सहभागी रहेको कार्यक्रममा बागमती हस्पिटालिटी एन्ड म्यानेजमेन्ट क्लबको आयोजनामा ‘फुड फेस्टिभल’ समेत गरिएको थियो । जसमा कक्षा ११ र १२ का होटेल म्यानेजमेन्ट विषय पढिरहेका विद्यार्थीहरुले खानाका विभिन्न परिकार बनाएर कार्यक्रममा सहभागीहरुलाई खुवाएको बागमती कलेजका प्राचार्य विशाल पराजुलीले जानकारी दिए । उनले यस्ता कार्यक्रम हरेक वर्ष क्यालेन्डरमै राखेर गरिरहेको पनि जानकारी दिए । उनका अनुसार यो आठौं संस्करण हो ।

बागमती स्कुलका प्रधानाध्यापक श्यामदत्त अधिकारीले बागमती रोबोटिक्स क्लबको योगदानमाथि चर्चा गर्दै यसमा संलग्न विद्यार्थी तथा शिक्षकहरुको प्रशंसा गरे । उनले आगामी दिनमा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने पनि जनाए ।

कार्यक्रममा प्राथमिक तहका विद्यार्थीलक्षित गरी खेल्ने सामग्रीका स्टलहरुसमेत राखिएका थिए । कार्यक्रममा तीन हजार भन्दा बढी अवलोकनकर्ताको उपस्थिति थियो ।


प्रकाशित मिति: ७ पुष २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?