Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

समाचार


गौ सेवाका लागि महायज्ञ : ५८ लाख बढी रकम सङ्कलन

कास्की। पोखरा बजार क्षेत्रमा छाडा छाडिएका पशु चौपाया व्यवस्थापनका लागि पोखरा-१४ बाच्छेबडुवामा गोकुल धाम (गौशाला) सञ्चालनमा ल्याइएको छ । सो गौशाला सञ्चालनको दिगो स्रोत खोजी गर्ने उद्देश्यले गत पुस २६ देखि माघ ४ गतेसम्म आयोजना गरिएको महायज्ञबाट नगद र जिन्सी गरी रु ५८ लाख २२ हजार एक सय ८२ जम्मा

गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

गोरखा। गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा सुत्केरीका लागि अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । सो पालिकाभित्रका गर्भवतीलाई सुत्केरी गराउन पालिकाभित्रका बर्थिङ सेन्टर वा अन्यत्र अस्पतालमा लैजान र ल्याउनका लागि पालिकाले निःशुल्क रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिएका छन्

गुन्द्रुकको ‘ब्रान्डिङ’ : बिक्री गर्ने जिम्मा गाउँपालिकाको

इलाम। रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ । उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेती गर्न थालेका हुन् । रोङ-४ की शारदा अर्याललाई दुई

जलकुम्भीले खोस्यो टरुवा तालको सौन्दर्य

त्रिवेणी,नवलपरासी। नवलपुरको कावासोतीस्थित टरूवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ। त्यस्तै, पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो देखिन थालेको छ। यसबाट तालको सौन्दर्य नै गुमेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–७ र ८ मा फैलिएको सो तालको अस्तित्व नै जलकुम्भी झारले ढाकेर सङ्कटमा पर्न थालेको छ। कहिलेकाहीँ स्थानीयस्तरमा

त्रिविद्वारा शैक्षिक क्यालेण्डर प्रकाशित

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार तथा समन्वय परिषद्को बुधबार बसेको बैठकले शैक्षिक क्यालेण्डर प्रकाशित गर्ने निर्णय गरेको थियो । त्यस्तै, त्रिभुवन विश्वविद्यालय अन्तर्गत संचालित वार्षिक तथा सेमेष्टर प्रणाली अन्तर्गत स्नातक तह र सेमेष्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहको शैक्षिक क्यालेण्डर २०८० कार्यान्वयन गर्ने

टर्कीको इस्तानबुलमा आगलागी हुँदा ३ जनाको मृत्यु, २ जना घाइते

इस्तानबुल। टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलको एउटा कम्पनी परिसरमा सोमबार आगलागी हुँदा तीन कामदारको मृत्यु हुनाको साथै अन्य दुई जना घाइते भएको गभर्नरको कार्यालयले जनाएको छ । उक्त शहरको छेउमा रहेको सुल्तानबेली जिल्लामा निजी कम्पनीका कामदारहरू बसेको कन्टेनरमा आगलागी भएको कार्यालयले जनाएको छ । घाइते कामदार, एकको अवस्था गम्भीर रहेको

एएफसी एशिया कपमा भारत पराजित

काठमाडौं। एएफसी एशिया कप फुटबलमा भारत पराजित भएको छ । बिहीबार राति भएको खेलमा भारत उज्वेकिस्तानसँग ३–० गोल अन्तरले पराजित भएको हो। पहिलो हाफको अतिरिक्त चौथो मिनेटमा शेरजोद नसरुल्लाएवले गोल गरेपछि उज्वेकिस्तान पहिलो हाफमै ३–० को सहज अवस्थामा पुगेको थियो । समूह बीबाट अस्ट्रेलिया शीर्ष स्थानमा रहँदै एक खेल अगावै

युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्रीको अन्तरक्रिया

काठमाडौं। असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँ रहेका नेपालीसँग भेट गरेका छन् । उक्त भेटमा उनले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको उल्लेख गर्दै यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताए । प्रधानमन्त्रीले भने, ‘युगाण्डामा मेरो पहिलो

बस दुर्घटनामा १५ जना घाइते

खलङ्गा,दार्चुला। दार्चुला जिल्ला सदरमुकाम खलङ्गाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२ ००१ ख १०३१ नंको बस महाकाली नगरपालिका–५ स्थित डम्पिङ साइड नजिकै आज बिहान दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् । उक्त जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहलेका अनुसार घाइतेमध्ये एकजना गम्भीर, दुईजना मध्यम र अन्यको सामान्य अवस्था

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज९शुक्रबार०का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ

सम्वन्धित समाचारहरु