Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

बस दुर्घटनामा १५ जना घाइते


खलङ्गा,दार्चुला। दार्चुला जिल्ला सदरमुकाम खलङ्गाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२ ००१ ख १०३१ नंको बस महाकाली नगरपालिका–५ स्थित डम्पिङ साइड नजिकै आज बिहान दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।

उक्त जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहलेका अनुसार घाइतेमध्ये एकजना गम्भीर, दुईजना मध्यम र अन्यको सामान्य अवस्था छ भने घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

सो बस सडकबाट करिब २० मिटर तल खसेको जनाइएको छ ।


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?