Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

टर्कीको इस्तानबुलमा आगलागी हुँदा ३ जनाको मृत्यु, २ जना घाइते


इस्तानबुल। टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलको एउटा कम्पनी परिसरमा सोमबार आगलागी हुँदा तीन कामदारको मृत्यु हुनाको साथै अन्य दुई जना घाइते भएको गभर्नरको कार्यालयले जनाएको छ ।

उक्त शहरको छेउमा रहेको सुल्तानबेली जिल्लामा निजी कम्पनीका कामदारहरू बसेको कन्टेनरमा आगलागी भएको कार्यालयले जनाएको छ । घाइते कामदार, एकको अवस्था गम्भीर रहेको भन्दै अस्पताल लगिएको उल्लेख गरिएको छ भने दमकलको सहयोगमा आगो निभाइएको र घटनाको कारणबारे अनुसन्धान शुरु गरिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, हबर्टर्क दैनिकका अनुसार कामदारहरूले कन्टेनरमा आगो बाल्ने प्रयास गर्दा आगो निस्किँदा विस्फोट भएको थियो ।


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?