Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

एएफसी एशिया कपमा भारत पराजित


काठमाडौं। एएफसी एशिया कप फुटबलमा भारत पराजित भएको छ । बिहीबार राति भएको खेलमा भारत उज्वेकिस्तानसँग ३–० गोल अन्तरले पराजित भएको हो।

पहिलो हाफको अतिरिक्त चौथो मिनेटमा शेरजोद नसरुल्लाएवले गोल गरेपछि उज्वेकिस्तान पहिलो हाफमै ३–० को सहज अवस्थामा पुगेको थियो । समूह बीबाट अस्ट्रेलिया शीर्ष स्थानमा रहँदै एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरेको छ । अस्ट्रेलियाले सिरियालाई पराजित गरेको थियो ।

त्यस्तै, भारतविरुद्ध फिफा वरियतामा धेरै माथि रहेको उज्वेकिस्तानले पहिलो हाफमै ३ गोल गरेको हो । दोस्रो हाफमा भने खेल प्रतिस्पर्धात्मक भए पनि गोल निस्किएन । उज्वेकिस्तानले चौथो मिनेटमै अग्रता लिएको थियो । उसका लागि उब्बोस्बेक फेजुल्लेबले गोल गरेका थिए भने इगोर सेरभेभले १८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

त्यसैगरी उज्वेकिस्तान ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने सिरिया १ अंकका साथ तेस्रो स्थानमा रहँदा भारत भने लगातार दोस्रो हार व्यहोर्दै अंक विहीन अवस्थामा पुछारमा रहेको छ ।


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?