काठमाडौं। साताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजाबी सुन तोलाको १ लाख १७ हजार ९ सय ५० रुपैयाँ कायम भएको
काठमाडौं। सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । उक्त बैठकले आगामी फागुन
ललितपुर। ललितपुर महानगरपालिकाले सुँगुरमा लाग्ने महामारी जन्य रोग अफ्रिकन स्वाइन फिभर देखा परेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । लमजुङ, कास्की, तनहुँ तथा गोदावरी नगरपालिका ७ ललितपुर र कीर्तिपुर नगरपालिका ६ काठमाडौंमा समेत सो रोग पुष्टि भएकाले महानगरले सतर्कता अपनाउन आग्रह गरेको हो । उक्त फर्ममा जैविक सुरक्षाका विधिहरू
काठमाडौं। महोत्तरीको बर्दिबासमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय जयहरि घिमिरे रहेका छन् । उक्त ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो । बिहान १ बजेतिर बर्दिबास नगरपालिका–४ स्थित माइस्थानमा बा.४० प ४९४० नम्बरको मोटरसाइकललाई ना. ५ ख ८५८७
फुङ्लिङ। पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रूपमा बढ्दै गएको छ, तर उत्पादन भने घट्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । किसानले लगाएको चिराइतोको मूल्य समेत पाउन मुस्किल भएपछि किसानले खेती गर्न छोडेका थिए । तर अहिले बजार मूल्य बढ्दै गएको छ, तर
काठमाडौं। कृषि विकास बैंकले लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । अघिल्ला वर्षहरूमा बैंकले सेयर धनीलाई उच्च लाभांश दिने गरेको थियो चजे गत वर्ष बैंकले १३ प्रतिशत लाभांश वितरण गरेको थियो । उक्त बैंकको १०७८औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो
काठमाडौं। नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको उनको सचिवालयले जनाएको छ । अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री साउद र अष्ट्रेलियाली समकक्षी पेनी वोङको
बागमती। गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको छ महिनामा सात सय ६६ व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानलाई नापतौल यन्त्र सञ्चालनका लागि नयाँ इजाजतपत्र प्रदान गरेको छ । उक्त कार्यालयका अनुसार मकवानपुर, चितवन, पर्सा, बारा तथा रौतहट जिल्लाका व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई गत साउनदेखि पुस महिनासम्ममा सो इजाजत पत्र प्रदान
काठमाडौं। रातका समयमा काठमाडौं आउने चालक, सहचालक र यात्रुको सुविधाका लागि गोंगबुस्थित नयाँबसपार्कभित्र लोत्से बहुउद्देश्यीय प्रालिले होटल सञ्चालनमा ल्याएको छ । त्यस्तै, प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले यातायात व्यवसायीसँगको सल्लाहमा लामो दूरीबाट आएका चालक, सहचालक र यात्रुको खान तथा बस्नका लागि बिचल्ली नहोस् भन्ने उद्देश्यले होटल सञ्चालनमा ल्याएको जानकारी दिएका
काठमाडौं। नेपाल प्रहरीले ठुलो सङ्ख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो । त्यसैगरी, खुला तथा समावेशीसहित प्रहरी जवान पदका एक हजार ८५६ पदका लागि आवेदन माग गरिएको छ भने भान्छेका लागि