Trending
>>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस >>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू
Logo
२८ पुष २०८२, सोमबार
२८ पुष २०८२, सोमबार

समाचार


आजको मौसम : हावाहुरीको सम्भावना

८ वैशाख ,काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । उक्त प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक

सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्छ : मन्त्री रिजाल

८ वैशाख ,बारा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्ने बताएका छन् । वीरगञ्ज महानगरपालिकाद्वारा बिहीबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री रिजालले सिर्सियाको प्रदूषण नियन्त्रणका लागि महानगरले गरिरहेको प्रयास सराहनीय रहेको र त्यसमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बारपाकमा टेलिकमको नेटवर्कमा समस्या

८ वैशाख ,गोरखा । गोरखाको पर्यटकीय क्षेत्र बारपाकमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । करिब एक हजार चार सय परिवारको बसोबास रहेको बारपाक क्षेत्रमा दुई सातादेखि टेलिकमको नेटवर्कमा समस्या आएको हो । स्थानीयवासी सुकबहादुर गुरुङका अनुसार नेटवर्कमा समस्या आएपछि फोन गर्न र इन्टरनेट चलाउन कठिनाइ भएको छ । उनले

एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ : सचिव भट्टराई

७ वैशाख ,दमौली । नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले संसद्मा आफ्नो पार्टीले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसद्मा टाउको हल्लाउनेमात्र नभई कमजोरी औँल्याउने भूमिका एमालेले निभाउने बताए । सचिव भट्टराईले प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय

गोकर्णेश्वरले राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सव आयोजना गर्ने

७ वैशाख ,काठमाडौँ । साहित्यिक क्षेत्रको विकास विस्तारका लागि निरन्तर उदाहरणीय कार्य गर्दै आएको काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सव आयोजना गर्ने भएको छ । महोत्सव यही वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा आयोजना हुनेछ । प्रतियोगिताका लागि उपलब्ध रचना विज्ञ समूहद्वारा मूल्याङ्कन गराई ४० वटा रचनाको

गठबन्धनलाई हार्ने छुट छैन : सभापति देउवा

७ वैशाख ,चितवन । नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपनिर्वाचनमा गठबन्धनलाई हार्ने छुट नभएको बताएका छन्। लोकतान्त्रिक–वाम गठबन्धनले आज चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभामा सभापति देउवाले गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउन मतदातालाई आग्रह गरे । उनले भने, “तपाईँहरूले जिताएर पठाउनुस्, मन्त्री बनाउने काम मेरो भयो ।” अहिलेको सत्ता

भारतीय नागरिकको सेनाद्वारा उद्धार

७ वैशाख ,काठमाडौँ । नेपाली सेनाले अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा केही दिनदेखि हराइरहेका भारतीय नागरिक अनुराग मल्लुको उद्धार गरी पोखरा हुँदै काठमाडौँ ल्याएको छ । अन्नपूर्ण हिमाल आरोहणका क्रममा मल्लु यही वैशाख ४ गते दिउँसो २ः३० बजे क्याम्प–२ र ३ को बीचमा हिउँको खोचमा परी हराइरहेका थिए । अन्नपूर्ण

भारतीय सांस्कृतिक सम्बन्ध परिषद् स्थापना दिवस मनाइयो

७ वैशाख ,काठमाडौँ । यहाँस्थित भारतीय राजदूतावास, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले बुधबार एक कार्यक्रमको आयोजना गरी ७३औँ भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसीआरआर) स्थापना दिवस मनाएको छ । आइसीआरआरका एलम्नाइबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउन आयोजित सो कार्यक्रम जारी ‘आजादीका अमृत महोत्सव’को एक हिस्साका रूपमा रहेको छ । कार्यक्रममा दूतावासका नियोग

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

७ वैशाख ,काठमाडौँ । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिएका नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । उनि उपचारका लागि बुधबार

एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाको पहिलो जित

७ वैशाख ,काठमाडौँ । एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मलेसियाले साउदी अरेबियालाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले साउदी अरेबियालाई आठ विकेटले पराजित गरेको हो । यसअघि भएको पहिलो खेलमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको थियो

सम्वन्धित समाचारहरु