Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

गोकर्णेश्वरले राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सव आयोजना गर्ने


७ वैशाख ,काठमाडौँ । साहित्यिक क्षेत्रको विकास विस्तारका लागि निरन्तर उदाहरणीय कार्य गर्दै आएको काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सव आयोजना गर्ने भएको छ ।

महोत्सव यही वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा आयोजना हुनेछ । प्रतियोगिताका लागि उपलब्ध रचना विज्ञ समूहद्वारा मूल्याङ्कन गराई ४० वटा रचनाको वाचन तथा गायनमा छनोट गरिनेछ ।

प्रतियोगितामा प्रथम हुने गजलकारलाई करबाहेक नगद रु ६० हजार पुरस्कार प्रदान गरिने नगरप्रमुख दीपककुमार रिसालले राससलाई जानकारी दिए । त्यस्तै द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३० हजार प्रदान गरिनेछ भने पाँच जनालाई सान्त्वना पुरस्कारस्वरुप जनही रु २० हजारका दरले पुरस्कृत गरिनेछ ।

यसैगरी महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमका साथ अप्रतियोगीका रूपमा विशिष्ठ गजलकारको उत्कृष्ट प्रस्तुति रहनेछ । महोत्सवलाई सफल र भव्यरूपमा सम्पन्न गर्न साहित्यकार गोविन्द घिमिरेको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । यसैगरी महोत्सवलाई व्यापकरूपमा प्रचार–प्रसार गर्न नवराज चालिसेको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाले विगतमा राष्ट्रियस्तरको कविता प्रतियोगितालगायतका कार्यक्रम आयोजना गरिसकेको छ । भैरव पुरस्कार गुठी, रमेश विकल साहित्य प्रतिष्ठान, अभिनव साहित्य समाज, सुरभी साहित्य प्रतिष्ठानसहितका अन्य सक्रिय साहित्यिक सङ्घसंस्थाको उपस्थितिका कारण पनि साहित्यिक वृत्तमा गोकर्णेश्वर नगरपालिकाको विशिष्ट पहिचान रहेको छ ।

गोकर्णेश्वर नगरपालिकाले साहित्यिक प्रकाशनमा पनि सहयोग गर्दै आएको छ । सभ्य तथा सचेत समाज निर्माणमा साहित्यिको सबैभन्दा महत्त्वपूर्ण भूमिका हुने भएकाले साहित्यिक गतिविधिलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको नगरप्रमुख रिसाल बताउछन् ।

रमेश विकल, भैरव अर्याल, कञ्चन पुडासैनीजस्ता साहित्यिक हस्तीको जन्म तथा कर्मभूमिको रूपमा परिचित गोकर्णेश्वर नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर गरिरहने नगरप्रमुखको भनाइ छ ।


प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?