Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

भारतीय सांस्कृतिक सम्बन्ध परिषद् स्थापना दिवस मनाइयो


७ वैशाख ,काठमाडौँ । यहाँस्थित भारतीय राजदूतावास, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले बुधबार एक कार्यक्रमको आयोजना गरी ७३औँ भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसीआरआर) स्थापना दिवस मनाएको छ ।

आइसीआरआरका एलम्नाइबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउन आयोजित सो कार्यक्रम जारी ‘आजादीका अमृत महोत्सव’को एक हिस्साका रूपमा रहेको छ ।

कार्यक्रममा दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले भारतमा अध्ययन गर्न छात्रवृत्ति तथा फेलोसिपमार्फत आइसिसीआरले भारत र नेपालका जनताबीच मित्रभाव निर्माण गर्नुका साथै दुई देशबीचको मित्रतालाई थप प्रगाढ बनाएको बताए ।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा कलाकारले विभिन्न शास्त्रीय राग झल्किने साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

साथै चर्चित सङ्गीतकर्मी एवं आइसीआरआर एलम्नाइद्वय डा हरिप्रसाद पौड्याल (बाँसुरी) र यात्रीराज अधिकारी (भायोलिन)ले जुगलबन्दी प्रस्तुत गरेका थिए ।

भारत र नेपालबीच सदियौँदेखि रहिआएको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनेतर्फ स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौँ प्रयासरत छ ।


प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?