Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

भारतीय सांस्कृतिक सम्बन्ध परिषद् स्थापना दिवस मनाइयो


७ वैशाख ,काठमाडौँ । यहाँस्थित भारतीय राजदूतावास, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले बुधबार एक कार्यक्रमको आयोजना गरी ७३औँ भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसीआरआर) स्थापना दिवस मनाएको छ ।

आइसीआरआरका एलम्नाइबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउन आयोजित सो कार्यक्रम जारी ‘आजादीका अमृत महोत्सव’को एक हिस्साका रूपमा रहेको छ ।

कार्यक्रममा दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले भारतमा अध्ययन गर्न छात्रवृत्ति तथा फेलोसिपमार्फत आइसिसीआरले भारत र नेपालका जनताबीच मित्रभाव निर्माण गर्नुका साथै दुई देशबीचको मित्रतालाई थप प्रगाढ बनाएको बताए ।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा कलाकारले विभिन्न शास्त्रीय राग झल्किने साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

साथै चर्चित सङ्गीतकर्मी एवं आइसीआरआर एलम्नाइद्वय डा हरिप्रसाद पौड्याल (बाँसुरी) र यात्रीराज अधिकारी (भायोलिन)ले जुगलबन्दी प्रस्तुत गरेका थिए ।

भारत र नेपालबीच सदियौँदेखि रहिआएको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनेतर्फ स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौँ प्रयासरत छ ।


प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?