Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

भारतीय नागरिकको सेनाद्वारा उद्धार


७ वैशाख ,काठमाडौँ । नेपाली सेनाले अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा केही दिनदेखि हराइरहेका भारतीय नागरिक अनुराग मल्लुको उद्धार गरी पोखरा हुँदै काठमाडौँ ल्याएको छ ।

अन्नपूर्ण हिमाल आरोहणका क्रममा मल्लु यही वैशाख ४ गते दिउँसो २ः३० बजे क्याम्प–२ र ३ को बीचमा हिउँको खोचमा परी हराइरहेका थिए । अन्नपूर्ण हिमालको सफाइ अभियानमा जुटेको नेपाली सेनाको टोलीको सहयोगमा फेला पारी उहाँको आज बिहान उद्धार गरिएको हो ।

स्वास्थ्य गम्भीर अवस्थामा रहेका मल्लुलाई आधार शिविरमा ल्याएर सेनाको चिकित्सक टोलीले प्राथमिक उपचार गरेको र त्यसपछि पोखरास्थित मणिपाल अस्पताल हुँदै थप उपचारका लागि सेनाकै हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

उनको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । यसैबीच जाजरकोट र रुकुमबीच भएर बग्ने ठूलीभेरी नदीमा जडान गरिएको बेलीब्रिज भत्कँदा चार श्रमिक गम्भीर घाइते भएकामा सेनाको टोलीले उद्धार गरेको छ ।

उनीहरूलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत बाँकेको नेपालगञ्ज लगिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।


प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?