Trending
>>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल >>   निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो >>   हामीलाई सभापति बन्नुछैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः महामन्त्री थापा >>   झलनाथको प्रश्नः देश जलाउने अपराधी बाहिर राखेर कसरी चुनाव हुन्छ ? >>   बालेन, रवि, कुलमानले अझै २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्: ओली >>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?
Logo
२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

समाचार


मिटरब्याज पीडितको जग्गा लिलामी रोकेर सरकारले इमान्दारिता देखाउनु पर्छः प्रदीप पाैडेल

३ वैशाख, काठमाडाैँ । नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले मिटरब्याज पीडितको जग्गा लिलामी तत्काल रोक्नुपर्ने र पीडितको पक्षमा सरकारले इमानदारिता देखाउनुपर्ने बताएका छन् । मिटरब्याज पीडितको धर्नास्थल शान्तिबाटिका पुगेर पौडेलले मिटरब्याज जघन्य शोषण भएकाले यसलाई अन्त्य गर्न आफू पूर्ण रुपले प्रतिबद्ध रहेको बताए । "सरकारले पहिला असोज १

जुगल आरोहण खुल्ला गरेपछि स्थानीयमा खुसी

३ वैशाख, सिन्धुपाल्चोक । विसं २०७५ देखि आरोहण खुल्ला गरिएको जुगलअन्तर्गतका अन्य हिमाल आरोहणका लागि खुल्ला गर्ने मन्त्रीपरिषद्को निर्णयले यस क्षेत्रका बासिन्दामा खुसी थपेको छ । काठमाडौँबाट तीन दिनमै पुग्न सकिने नजिकको गन्तव्यका रूपमा रहेको जुगल हिमालमा आरोहण खुल्ला गर्ने निर्णय भएसँगै यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ

दार्चुलाका विद्यालयमा समयमै पुगे पाठ्यपुस्तक

३ वैशाख, दार्चुला । दार्चुलामा यस वर्ष शैक्षिक सत्र सुरुआतसँगै नौवटै स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भएका छन् । विगत वर्षमा शैक्षिक सत्र सकिनै लागेका बेला विद्यार्थीले पुस्तक पाउने अवस्था थियो । यस वर्ष भने उनीहरुले समयमै किताब पाउने भएका छन् । धेरैजसो स्थानीय तहमा पाठ्यपुस्तक पुगिसकेको शिक्षा विकास तथा समन्वय इकाइ

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने

३ वैशाख, काठमाडाैँ । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ५ गते मङ्गलबार दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ । आजको बैठकमा एक सन्देश टेबुल हुनाका साथै विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७’ र ‘भ्रष्टाचार निवारण (पहिलो

सिक्किमबाट नेपाल घुम्न आएका युवकको भीरबाट लडेर मृत्यु

३ वैशाख, पाँचथर । छिमेकी भारतको सिक्किमदेखि पाँचथर घुम्न आएका एक जना युवकको भीरबाट लडेर निधन भएको छ । निधन हुनेमा ३५ वर्षीय केशव गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सीमावर्ती चिवाभञ्ज्याङ हुँदै याङ्वरक गाउँपालिका -१ च्याङथापु बजारमा आफन्तलाई भेट्न आउँदै गर्दा उहाँ शनिबार राति साढे ८ बजे

भक्तपुरको बिस्का : यस्ता छन् जात्राभित्रका जात्रा

३ वैशाख, भक्तपुर । नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले आठ रात र नौ दिनसम्म परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाउने जात्रा हो बिस्का । जात्रा भक्तपुरका बासिन्दाले चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म बिस्काः जात्रा मनाउँदै आएका छन् । चैत २७ गते र वैशाख ५ गते भैरवको रथ तान्नु,

भारत भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डको तयारी

३ वैशाख, काठमाडाैँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् । भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डलाई दिएको भारत भ्रमणको निम्तो बुझाएको जानकारी दिइएको छ । गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड विदेश भ्रमणमा गएका छैनन् । तर, उनको भ्रमणको मिति

सोमबारदेखि ‘बुलाकी’को प्रदर्शन रोक्ने घोषणा

३ वैशाख, काठमाडाैँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने भएको छ । चलचित्र भवन सञ्चालकले अपहेलना गरेको, प्राप्त शो अफटाइममा दिएको, प्रदर्शनको दोस्रो दिनदेखि नै ७० प्रतिशत कटौती गरेकोलगायत कारण देखाउँदै सो चलचित्रका निर्माता तथा कलाकार विराज विष्टले प्रदर्शन निरन्तर गर्न नसकिने जानकारी दिए । “बाँडफाँडमै समान व्यावहार

संसद् भवनमा प्रधानमन्त्री हराएको सुचना…

३ वैशाख, काठमाडाैँ । नेकपा एमालेका नेता रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको भन्दै सुचना पढेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले बैठकमा प्रधानमन्त्री आउन छोडेको भन्दै खोजीको आग्रह गरेका हुन् । उनले प्रहरीले मानिस हराएको सूचना निकाल्ने शैलीमा संसदमा प्रधानमन्त्री हराएको सूचना पढेका थिए ।

सुडान झडपः ५६ सर्वसाधारणको मृत्यु, ६०० भन्दा बढी घाइते

३ वैशाख, एजेन्सी । सुडानको राजधानी खार्तुममा हिजोदेखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा कम्तीमा ५६ जनाले ज्यान गुमाएका छन् भने करिब छ सय जना घाइते भएका छन् । आज पनि बिहानैदेखि झडप भइरहेको प्रतयक्षदर्शीहरूले बताएका छन् । विद्रोही समूह आरएसएफले राष्ट्रपतिको कार्यालय, खार्तुम

सम्वन्धित समाचारहरु