Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: ‘म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे?’ >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

राप्ती तटका बासिन्दा डुङ्गाकै भरमा


२८ वैशाख, बाँके । बाँकेको राप्ती नदीको एउटा भङ्गालो खल्ला झगडिया हुँदै गङ्गापुरतिर अघि बढेको छ । त्यही भङ्गालो तर्न राप्तिपारीका स्थानीयले दैनिक डुङ्गा चढ्नुपर्ने बाध्यता रहेको छ । खल्ला झगडिया, कुडुवा, पिप्रहवालगायतका गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाट बजार गर्न डुङ्गा चढेर जाने गर्दछन् । खल्ला झगडिया गाउँभन्दा अलिकति अगाडि डुङ्गा सधैँ तयारी अवस्थामा रहन्छ ।

बाँकेको पूर्वी क्षेत्रमा रहेको राप्तीपारी सिधनियाघाटमा पुल बनेको पनि डेढ दशकभन्दा धेरै भइसक्यो । तर पनि त्यहाँका तटीय क्षेत्रका धेरै गाउँका बासिन्दा अहिले पनि डुङ्गाकै भरमा नदी तर्ने गर्दछन् । राप्तीपारिका आधा दर्जन गाउँका सर्वसाधारण अहिले पनि दैनिक डुङ्गामा नै जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् । उक्त नदीमा सञ्चालित प्रायः डुङ्गा भारतबाट खरिद गरेर स्थानीयले चलाउने गर्दछन् ।

भारतबाट भाडामा ल्याइएको डुङ्गा हाल जितबहादुर पासीले ठेक्कामा चलाइरहेका छन् । उनले नदी तारेको प्रतिव्यक्ति रु दश लिने गर्नुहुन्छ । दिनमा रु आठ सयदेखि रु एक हजारसम्म आम्दानी हुने गरेको उनले बताए । पासीले भने, “डुङ्गा चलाएबापत गाउँपालिकालाई वर्षीक रु ५० हजार दिने सम्झौता छ ।”

डुङ्गामा मानिस र भैँसीलाई बोकेबापत रु २०, साइकलको रु १५ र मोटरसाइकलको रु ३० लिने गरेको पासीले बताए ।

बीस वर्षदेखि राप्तीनदीमा डुङ्गाा चलाउँदै आएका नानबाबु पासीले भारतबाट भाडामा डुङ्गाा ल्याएर चलाइरहेको बताए । गत फागुन १७ गते सम्झौता सकिएपछि पालिकाले अरुलाई ठेक्का दिएको छ । हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा हाट बजार लाग्छ । हाट बजारमा राप्तीपारिका होलिया, बेतहनी र फत्तेपुर बासिन्दा डुङ्गा तरेर जाने गर्दछन् । यो होलियाको पिप्रहवादेखि चार किलोमिटरको दूरीमा रहेको छ । भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध नजिक पर्छ ।

हाट बजारमा तरकारी सस्तो पाइने भएकाले अधिकांश किनमेल गर्न जाने गरेका डुङ्गा चालक श्रवण विश्वकर्माले बताए । निःशुल्क रुपमा डुङ्गा चढ्न पाउनुपर्ने डुडुवा गाउँपालिका–१, पिप्रहवाका कृष्णगोपाल यादवले बताउनुभयो । “स्थानीय सरकार जनताको सहजताका लागि निःशुल्क चढ्ने व्यवस्था गर्नुपर्छ”, उनले भने ।

राप्तीको बाढीले काट्दै गएपछि उक्त क्षेत्रका गाउँ कटानको समस्यामा छन् । एउटै डुङ्गामा ५० जनादेखि ६० जना सवार हुन्छन् । डुडुवामा वडा नं १ मा कुडुवा, कृषि चौफेरी, वर्डर चौफेरी छिटपुर्वा, टेपरी प्रिपहवा खडैचा कन्दइपुर्वा सन्तलीया नयाँबस्ती रहेको छ । राप्तीको नदीमा चारवटा घाट छन् ।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?