Trending
>>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

प्रहरी अनुसन्धान सकिएपछिमात्रै कांग्रेसले खाणबारे निर्णय गर्ने


२८ वैशाख, काठमाडाैँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप लागे पछि नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीलाई बुधबार निलम्बन गरेको छ । यता बुधबार नै पक्राउ परेका नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पार्टीले कारबाही गर्ने–नगर्ने भन्ने विषयमा प्रहरी अनुसन्धानको परिणाम आएपछि मात्रै निर्णय गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको पदाधिकारी बैठकले तत्काल कुनै कारबाही नगर्ने निर्णय गरेको हो । अर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अनुसन्धान निष्पक्ष ढङ्गबाट होस् भन्ने पार्टीको चाहना रहेको बताए । उनले भने, “प्रारम्भिक रूपमा बालकृष्णजीले सहयोग गरिरहनुभएको छ । अनुसन्धानमा सघाइरहनुभएको छ । अनुसन्धान सकिएपछि त्यसैका आधारमा निर्णय हुन्छ ।”

उनले अनुसन्धानको परिणाम नआउँदासम्म नेता खाण आरोपित मात्रै भएकाले कारबाहीबारे कुनै निर्णय नभएको बताए । उनका अनुसार पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बिहीबार पुनः बोलाइएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले फेला पारेको एक अडियो वार्तामा पीडितले खाणको घरमा पुगेर छ करोड रुपैयाँ खाणपत्नी मञ्जुलाई बुझाएको बताएका छन् । प्रहरी हिरासतमा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डेले खाण र केसीले रकम लिएको भन्ने बयान दिएपछि प्रहरीले लेनदेनका अन्य प्रमाण फेला पारेको जनाएको छ । सोही प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

तत्कालीन गृहमन्त्री तथा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई तथा रायमाझीका छोरा सन्दीपलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?