Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

प्रहरी अनुसन्धान सकिएपछिमात्रै कांग्रेसले खाणबारे निर्णय गर्ने


२८ वैशाख, काठमाडाैँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप लागे पछि नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीलाई बुधबार निलम्बन गरेको छ । यता बुधबार नै पक्राउ परेका नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पार्टीले कारबाही गर्ने–नगर्ने भन्ने विषयमा प्रहरी अनुसन्धानको परिणाम आएपछि मात्रै निर्णय गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको पदाधिकारी बैठकले तत्काल कुनै कारबाही नगर्ने निर्णय गरेको हो । अर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अनुसन्धान निष्पक्ष ढङ्गबाट होस् भन्ने पार्टीको चाहना रहेको बताए । उनले भने, “प्रारम्भिक रूपमा बालकृष्णजीले सहयोग गरिरहनुभएको छ । अनुसन्धानमा सघाइरहनुभएको छ । अनुसन्धान सकिएपछि त्यसैका आधारमा निर्णय हुन्छ ।”

उनले अनुसन्धानको परिणाम नआउँदासम्म नेता खाण आरोपित मात्रै भएकाले कारबाहीबारे कुनै निर्णय नभएको बताए । उनका अनुसार पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बिहीबार पुनः बोलाइएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले फेला पारेको एक अडियो वार्तामा पीडितले खाणको घरमा पुगेर छ करोड रुपैयाँ खाणपत्नी मञ्जुलाई बुझाएको बताएका छन् । प्रहरी हिरासतमा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डेले खाण र केसीले रकम लिएको भन्ने बयान दिएपछि प्रहरीले लेनदेनका अन्य प्रमाण फेला पारेको जनाएको छ । सोही प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

तत्कालीन गृहमन्त्री तथा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई तथा रायमाझीका छोरा सन्दीपलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?