Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३० भाद्र २०८३, मंगलवार
३० भाद्र २०८३, मंगलवार

समाचार


बाढीमा बेपत्ता इन्जिनियर दम्पतीसहित चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौं । भोटेकोशी बाढीमा बेपत्ता भएको १६ दिनसम्म पनि इन्जिनियर दम्पतीसहित उनीहरूका दुई सन्तानको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले हिन्दू परम्पराअनुसार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ । त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका–९ तित्याङका ३३ वर्षीय राजेश शर्मा पौडेल, उनकी ३१ वर्षीया पत्नी प्रमिला पाठक,

बजारमा भएको ग्यास अभावको समस्या समाधान पहिलो प्राथमिकता :नवनियुक्त मन्त्री साह

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले पदभार ग्रहण गरेका छन् । बिहीवार शपथ ग्रहणलगत्तै सिंहदबारस्थित मन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गरेका हुन् प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपतिले साहलाई बिहीवार नै उद्योग मन्त्री नियुक्त गरेका थिए । पदभार ग्रहणलगत्तै मन्त्री साहले निवर्तमानमन्त्री गौरीकुमारी यादवसँग छलफल गरेर थप योजना

नवनियुक्त उद्योगमन्त्री शाहले लिए शपथ

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साह नियुक्त भएका छन्। बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई उद्योगमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्री साहले बिहीबार शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

बजार अनुगमनमा भेटिए गन्हाएको आलु र म्याद नाघेका लड्डु, आकाश फुड्सलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंका तीन वटा खाद्य व्यवसायमा आकस्मिक (र्‍यापिड रेस्पोन्स मोडालिटी) बजार अनुगमन गर्दै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही गरेको छ। अनुगमनका क्रममा बालुवाटारस्थित आकाश फुड्समा उपभोग्य मिति सकिएका आठ बट्टा विना चिनीका लड्डु, पानीपुरीमा प्रयोग हुने गन्हाएको आलु तथा फ्राइङ

अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा

काठमाडौं । उत्कृष्ट पुनरागमन गर्दै अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनमा फाइनलमा पुगेको छ । अन्नपूर्ण स्पाइकरले बिहीबार सगरमाथा स्म्यासर्समाथि ३–१ को सेटमा जित निकालेपछि लिगको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । कुल ६ वटा फ्रेन्चाइज टोली सहभागी एनभिएलको लिगमा शीर्ष स्थानमा रहने टोली सीधै

बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः अलग

हेटौँडा । बागमती प्रदेश सरकारले विगतमा प्रशासनिक पुनर्संरचनाका नाममा एकै ठाउँमा गाभिएका मकवानपुरका दुई महत्त्वपूर्ण प्राविधिक कार्यालयलाई पुनः अलग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाख्रा विकास केन्द्र (चित्लाङ) र मत्स्य विकास केन्द्र (कुलेखानी) को कार्यप्रकृति नमिल्दा कार्यसम्पादनमा जटिलता आएको निष्कर्ष निकाल्दै दुवैलाई पूर्ववत् अवस्थामा छुट्टाछुट्टै कार्यालयका

जलवायु परिवर्तनको कारण सिर्जित विपत्तीको असमान भार थेग्न अब नेपाल बाध्य हुन सक्दैनः सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विश्वव्यापी जलवायु परिवर्तनको कारण सिर्जित विपत्तीको असमान भार थेग्न अब नेपाल बाध्य हुन नसक्ने बताएका छन् । दक्षिण एसिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जालको प्रथम महासभालाई बिहीवार राजधानी काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली नागरिकको लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग

लोक सेवा आयोगको बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहीवार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेले राष्ट्रपति पौडेलसमक्ष आयोगको ७७औँ वार्षिक प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदनमा आयोगले एक वर्षभित्र गरेका काम कारबाही उल्लेख छन् । आयोगले आर्थिक

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त

काठमाडौं । शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त भएका छन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुरका लम्साललाई आयोगको अध्यक्ष पदमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् । उनका अनुसार बैठकले आयोगको सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौंकी विष्णु

न्यायाधीश रेग्मी र अख्तियार प्रमुख राईविरुद्ध महाभियोग दर्ता भएको छैन : संसद् सचिवालय

काठमाडौँ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन परे पनि त्यो कानुनी रूपमा दर्ता नभएको संसद् सचिवालयले स्पष्ट पारेको छ । केही साताअघि नागरिक शंकर रजकले न्यायाधीश रेग्मी र प्रमुख आयुक्त राईमाथि महाभियोग

सम्वन्धित समाचारहरु