१० वैशाख, पाल्पा । बुटवलदेखि बागलुङको बुर्तिबाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ । आज बिहान बुटवलदेखि बुर्तिबाङतर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै बिहान ९ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय
१० वैशाख, काठमाडाैँ । खारेजीको प्रक्रियामा रहेको साविक क्रिष्टल फाइनान्स लिमिटेडमा निक्षेप खाता रहेका व्यक्ति, सङ्घ तथा संस्थालाई आफ्नो निक्षेप फिर्ता लिन सूचना जारी भएको छ । कम्पनी खारेजीको काम कारबाही गर्न उच्च अदालत पाटनको आदेशबमोजिम स्थापना भएको लिक्विडेटरको कार्यालयले आज यस्तो सूचना जारी गरेको हो । क्रिष्टल फाइनान्सबाट पैसा फिर्ता
१० वैशाख, काठमाडाैँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइएको छ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशको पूजा गरी कलशमाथि अष्टदल लेखेको
१० वैशाख, चितवन । चितवनमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताबिच झडप भएको छ । मतदान चलिरहेको अवस्थामा झडप भएपछि चितवनको नवकिरण कमलकुशुम केन्द्रमा मतदान प्रभावित भएको छ । प्रहरीले अवस्था सामान्य बनाएर मतदान सुरू गर्ने प्रयास गरिरहेको छ ।
१० वैशाख, काठमाडाैँ । नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले निर्देशन दिएका छन् । आइतबार बिहान नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धि
१० वैशाख, काठमाडाैँ । साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य नेपाली बजारमा घटेको छ। यसअघि शुक्रबार तोलामा ४०० रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला ९०० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँकायम गरिएको छ । यस्तै तेजाबी सुन प्रतितोला
१० वैशाख, काठमाडाैँ । चालू आर्थिक वर्षका नौ महिनामा नेपालले रु ४२ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको चैतसम्मको तथ्यांक अनुसार नेपालले यस अवधिमा रु ४२ करोड ३२ लाख ८९ हजार बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको हो । समीक्षा अवधिमा रु २३
१० वैशाख, एजेन्सी । खालिस्तान समर्थक नेता अमृतपाल सिंहलाई पक्राउ गरिएको छ । उनलाई पञ्जाबको मोगाबाट आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी गत मार्च १८ देखि फरार थिए । पञ्जाब प्रहरीले सोही दिनदेखि उनी र उनको सङ्गठन ‘वारिस पञ्जाब दे’ विरुद्ध कारबाही शुरु गरेको थियो । अमृतपाल सिंहलाई
१० वैशाख, बारा । २ वटा मतपत्र लिएका जसपाका नेता पक्राउ परेका छन् । बारा-२ अन्तर्गत देवताल गाउँपालिका- ७ मा रहेको मतदान केन्द्रबाट दुईवटा मतपत्र लिएका एक नेतालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा रामसागर यादव रहेका छन् । उनको साथबाट प्रहरीले २ वटा छाप लगाएको मतपत्र बरामद गरेको छ
१० वैशाख, एजेन्सी । अमेरिकामा यो बर्ष फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा सन् २०२३ को पहिलो तीन महिना कम्तीमा दुई करोड ६० लाख फ्लुका बिरामी भएका र यसमध्ये दुई लाख ९० हजार अस्पताल