२२ असार ,मस्को । मध्य रुसी क्षेत्र समारामा रहेको एउटा बारुद कारखानामा भएको विष्फोटमा परी छ जनाको मृत्यु हुनाका साथै अन्य दुई जना घाइते भएका छन् । रुसी समाचार एजेन्सीहरूका अनुसार चपाएभास्क शहरको प्रमिश्तेञ्ज प्लान्टमा विस्फोट हुँदा आठ जना घाइते भएकामा छ जनाको तत्काल मृत्यु भएको हो । आरआईए नोवोस्ती
२२ असार ,मोरङ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सबै दलले वर्तमान सरकारलाई विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्री पदको सपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी एक महिनाभित्र प्रदेशसभामा रहेका सबै राजनीतिक दलको सहमतिमा सरकारले विश्वासको मत प्राप्त गर्ने बताए । नवनियुक्त मुख्यमन्त्री थापाले गठबन्धन दलको
२२ असार, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर प्रमुख नेपाल आएका बेला आफूले सार्वजनिक रुपमै भेटेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गुप्तचरसँगको भेट आफूले नलुकाएको उनले प्रष्ट पारे । प्रधानमन्त्री पुष्पकमल दाहाल
२२ असार, काठमाडाैँ । मृत अवस्थामा भेटिएका अभिनेता सारूक ताम्राकारको अन्त्येष्टि गरिएको छ । बिहीबार साँझ घरमै मृत अवस्थामा भेटिएका ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । काठमाडौँको रातोपुलस्थित निवासमा ताम्राकार बिहीबार बेलुका मृत अवस्थामा भेटिएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले आत्महत्या गरेको देखिएको छ । उनी पछिल्लो समय करिश्मा
२२ असार, काठमाडाैँ । नेपाली नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला सकिएको छ । 'बदलिएको कांग्रेस, बलियो कांग्रेस’ बनाउने १४ बुँदे प्रतिबद्धता पारित गर्दै उक्त भेला सकिएको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बैठकमा पार्टी सभापतिहरुको उठाएका विषयहरू केन्द्रीय समितिमा उठाउने प्रतिबद्धता जनाएका छन् । जिल्ला सभापतिहरूले पार्टीसँग सरकारका मन्त्रीको
२२ असार, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितानिवास प्रकरणमा अहिलेको घटनाक्रम पोलिटिकल स्टन्ट मात्रै भएको टिप्पणी गरेका छन् । शुक्रबार स्ववियु काउन्सिलको बैठकलाई सम्बोधन गर्दै ओलीले ललिता निवास प्रकरणबाट भ्रष्टाचार विरोधी देखिनका लागि स्टन्ट गरेको टिप्पणी गरेका हुन् । उनले भनेका छन्, 'ललितानिवासको प्रकरण निकालिएको छ, यो नाटक
२२ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य सेवाका लागि आवश्यकपर्ने जनशक्ति र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका लागि स्वास्थ्य क्षेत्रका प्रतिष्ठानले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सभा बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले स्वास्थ्य सेवा र यस
२२ असार, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा भारतीय गुप्तचरलाई भेटे दाबी गरेका छन् । प्रचण्डले लुकेर उनकै भवनमा भेटेको दाबी गरेका हुन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले सार्वजनिक रूपमै भेटेको
२२ असार, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालार्ई असार २३ र ३० गते शनिबारका दिन सेवा बन्द नगर्न परिपत्र गरेको छ । चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले परिपत्र
२२ असार, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मा तीन सातादेखि मोबाइल सेवा अवरुद्ध हुँदा सञ्चारसेवा प्रभावित भएको छ । गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु, लेलेप हेल्लोकलगायत क्षेत्रमा सञ्चारसेवा अवरुद्ध भएको हो । मोबाइल सेवा बन्द हुँदा सूचना आदन–प्रदान ठप्प भएको स्थानीय रोशन लिम्बूले बताए । “अहिले बाढीपहिरोको गइरहेको छ, यस्तो अवस्थामा