Trending
>>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं >>   घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै >>   सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली >>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर)
Logo
१७ फाल्गुन २०८२, आईतवार
१७ फाल्गुन २०८२, आईतवार

सभामुख घिमिरेद्वारा निर्माणाधीन संसद् भवनको प्रगतिबारे जानकारी


१८ ,श्रावण ,काठमाडौँ । सभामुख देवराज घिमिरेले निर्माणाधीन संसद् भवनको भौतिक प्रगतिबारे जानकारी लिएका छन् ।

हिजो सम्बन्धित सरोकारवालासँग निर्माणाधीन संसद् भवनको प्रगति विवरण लिँदै उनले घिमिरेले भौतिक प्रगति सन्तोषजनक नरहेको बताए । अहिले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ६६ प्रतिशत र आर्थिक प्रगति ६३ प्रतिशत रहेको छ ।

उनले भने, “मैले केही महिनाअघि लिएको विवरणमा भौतिक प्रगति बढी र आर्थिक प्रगति कम रहेको थियो, तर अहिले आर्थिक र भौतिक प्रगति बराबर भए पनि भौतिक प्रगति उल्लेख्य हुन सकेको छैन ।”

सभामुख घिमिरेले हिउँदे अधिवेशन निर्माणाधीन संसद् भवनबाट सञ्चालन गर्ने गरी काम गर्न निर्देशन दिए पनि अहिलेसम्मको प्रगतिले हिउँदे अधिवेशन सञ्चालन गर्न नसकिने स्पष्ट रहेको बताए ।

“हिउँदे अधिवेशनको काम यहाँबाट हुन्छ जस्तो लागेन । कामको ‘स्पिड’ धेरै गएको छैन, अहिले देखेको डरलाग्दो समस्या के हो भने सरकारले भुक्तानी गर्न गाह्रो छ, त्यो देखेर ठेकेदारले नापी नापी काम गरिरहेका छन् । तर यहाँ त्यो समस्या छैन” उनले भने ।


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?