Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

सभामुख घिमिरेद्वारा निर्माणाधीन संसद् भवनको प्रगतिबारे जानकारी


१८ ,श्रावण ,काठमाडौँ । सभामुख देवराज घिमिरेले निर्माणाधीन संसद् भवनको भौतिक प्रगतिबारे जानकारी लिएका छन् ।

हिजो सम्बन्धित सरोकारवालासँग निर्माणाधीन संसद् भवनको प्रगति विवरण लिँदै उनले घिमिरेले भौतिक प्रगति सन्तोषजनक नरहेको बताए । अहिले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ६६ प्रतिशत र आर्थिक प्रगति ६३ प्रतिशत रहेको छ ।

उनले भने, “मैले केही महिनाअघि लिएको विवरणमा भौतिक प्रगति बढी र आर्थिक प्रगति कम रहेको थियो, तर अहिले आर्थिक र भौतिक प्रगति बराबर भए पनि भौतिक प्रगति उल्लेख्य हुन सकेको छैन ।”

सभामुख घिमिरेले हिउँदे अधिवेशन निर्माणाधीन संसद् भवनबाट सञ्चालन गर्ने गरी काम गर्न निर्देशन दिए पनि अहिलेसम्मको प्रगतिले हिउँदे अधिवेशन सञ्चालन गर्न नसकिने स्पष्ट रहेको बताए ।

“हिउँदे अधिवेशनको काम यहाँबाट हुन्छ जस्तो लागेन । कामको ‘स्पिड’ धेरै गएको छैन, अहिले देखेको डरलाग्दो समस्या के हो भने सरकारले भुक्तानी गर्न गाह्रो छ, त्यो देखेर ठेकेदारले नापी नापी काम गरिरहेका छन् । तर यहाँ त्यो समस्या छैन” उनले भने ।


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?