१ ,भाद्र ,ताप्लेजुङ। गए राति गएको पहिरोको कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको छ । वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको छ । खोक्सेबाट खहरेखोलासम्म सात ठाउँमा पहिरो झरेको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले बताए । आज बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए
१ ,भाद्र ,म्याग्दी । बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ । गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो । कागबेनीमा बाढीले २९ घर
१ ,भाद्र ,सुदूरपश्चिम । पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छर–छिमेकीलाई बाँडेर आपसमा मनाइने ‘ओल्के चाड’ आज सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ । भाद्र सङ्क्रान्तिका दिन मनाइने यो पर्वको तयारीस्वरुप अघिल्लो दिनदेखि नै प्रत्येक घरमा मीठा–मीठा खानाका परिकार पकाउने तयारी गरिन्छ । कामका लागि बाहिर रहेकाहरू
३२ ,श्रावण ,काठमाडौँ । काठमाडौँ महानगरपालिका, सहरी योजना आयोगको उपाध्यक्षमा डा. सुमन नर्सिङ् राजभण्डारीलाई नियुक्त गर्ने निर्णय भएको छ । आज बालाजु बाइसधारामा बसेको नगर कार्यपालिकाको २१ औँ बैठकले उनलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । पूर्व उपाध्यक्ष तपेन्द्रबहादुर खड्काले व्यक्तिगत कारण जनाउँदै पदबाट राजीनामा दिएपछि उपाध्यक्ष पद
३२ ,श्रावण ,काठमाडौँ । नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना मनाउने गुँला पर्व आजदेखि सुरु भएको छ । यो पर्व काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा विशेषरूपमा मनाइन्छ । मानव जीवनलाई राम्रो गर्ने नियमलाई पालना गरेर धर्म, कर्मका लागि यो पर्व मनाइन्छ । नेपाल संवत्अनुसार दशौँ महिनालाई
३२ ,श्रावण ,काठमाडौँ । ठूला भ्रष्टाचारका घटनामा संलग्न दोषीलाई कारबाही गर्न स्रष्टाहरूले आग्रह गरेका छन् । मानवअधिकार तथा शान्ति समाजले आज भ्रष्टाचारविरुद्ध काठमाडौँमा आयोजना गरेको शान्ति काव्य प्रवाहको ९२औँ शृङ्खलामा स्रष्टाहरूले भ्रष्टाचार र दण्डहीनताविरुद्ध आफ्नो रचना प्रस्तुत गरेका थिए । भ्रष्टाचारका केही मामलामा कारबाहीको प्रक्रिया सुरु भए पनि मूल दोषीलाई
३२ ,श्रावण ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि संयुक्त अधिराज्य र समाजवादी गणतन्त्र भियतनाममा नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाण पत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित बेग्ला–बेग्लै विशेष समारोहमा राष्ट्रपति समक्ष नेपालका लागि संयुक्त अधिराज्यका नवनियुक्त आवासीय राजदूत रोवर्ट डोमिनिक रुसेल फेन्न र भियतनामका गैर आवासीय
३२ ,श्रावण ,धनुषा । मधेस प्रदेश प्रदेशसभाको पहिलो अधिवेशन सकिएको भएको एक भई महिना भए पनि हालसम्म प्रदेशसभाको दोस्रो अधिवेशनको आह्वान गरिएको छैन । गत असार ३१ मा मधेस प्रदेशसभाको पहिलो अधिवेशन सकिएको थियो । प्रदेश सरकारको सिफासिरमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठक आह्वान गर्नुपर्ने प्रवधान छ । प्रदेश सरकारका मुख्यमन्त्री
३२ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजाल फिलिपिन्सको एक प्रदेश बांसामोरोमा त्यहाँको प्रदेशसभाले निर्माण गर्न लागेको समावेशी निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा एक परामर्शदाताका रूपमा सहभागी भएका छन् । आफूले सो कानुन निर्माणका लागि एकजना अन्तर्राष्ट्रिय परामर्शदाताका रूपमा काम गरिरहेको डा रिजालले जानकारी दिए । लामो
३२ ,श्रावण ,सिराहा । सबै मिलियो भने मात्र परिणाम आउँछ, म भए सबै हुन्थ्यो, अर्को भएर भएन भनियो भने परिणाम नआउने अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए । सिराहमा नेपाली कांग्रेस आन्तरिक विशेष अभियान समापन समारोहलाई सम्बोधन गर्दै नेता डा. महतले भने, “कसैले पनि एक्लै परिणाम ल्याउन